काठमाडौं, २१ चैत । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर सिलवालले उपरथी दर्जाको दर्ज्यानी चिन्ह पाएका छन् ।
आइतबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी सिलवाललाई जंगी अड्डामा आयोजित एक विशेष समारोहकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सहायक रथी सिलवाललाई चैत १९ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो ।













प्रतिक्रिया