एजेन्सी । कुकुरले विमान उडायो भन्दा पत्याउनै मुश्किल छ ।
तर, यहाँ साँच्चैमा एउटा तालिमप्राप्त कुकुरले विमान उडाएका छन् । यो कुकुर पाइलटको नाम हो बुल टैरिएर कोली । यो कुकुरले आफ्नो हातको पञ्जाले जेट विमानको कन्ट्रोललाई कैयौ घण्टासम्म समातेर उडाएका हुन् ।
उनले तीन हजार फिट उचाईमा हवामा अंग्रेजीको ८ अंक पनि बनाएका छन् । यो क्षण अत्यन्तै अनौठौ भएको समाचारमा जनाइएको छ ।
पाइलट बुल टैरिएर कोली स्टैफोर्डशायरका ती तीन कुकुरमध्ये एक हुन्, जसलाई स्काई १ सिरिजको डग्गस माइट फ्लाइटका लागि फ्लाइट स्कुलमा तालिम दिइएको थियो । एयरक्राफ्ट्सको कन्ट्रोललाई यसरी मोडिफाइ गरिएको थियो कि डग पाइलटले अलग अलग आवाजमा प्रतिक्रिया दिनका लागि बटन दबाउन सकोस् ।
यी साहसी कुकुरलाई हजारौं कुकुरबाट चुनिएको थियो र जब यिनलाई चुनियो त्यसपछि २२ घण्टाको उडान पुरा गरे ।
एनिमल एक्सपर्ट शार्लेट विल्डीले भनेका छन् कि- ‘हामीले आफ्नो शो यो देआउनका लागि गरेका हौ कि कुकुरमा इक्स्ट्रा आर्डनरी क्षमता हुन्छ र फ्लाइटमा सीमित टेस्ट हुन्छ । हरेक वर्ष करिब पाँच हजार कुकुरलाई एक्लै छाडिन्छ र यो कार्यक्रमका लागि हामी यो देख्न चाहन्छौं कि उनीहरु जनावरहरुमा कति बुद्धिमान हुन्छन् ।


















प्रतिक्रिया