काठमाडौं, १५ साउन । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको नाम, छाप र लोगो समेतलाई दुरुपयोग गरि बिभिन्न सञ्चार माध्यमहरुमा संघको नाममा बिभिन्न सूचना संम्प्रेषण गरेको भन्दै प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मंच नेपालले आपत्ति जनाएको छ ।
वैदेशिक रोजगार व्यवसायीहरुबाट विभिन्न बाहानामा रकम समेत असुल गर्ने कार्य गर्दै आईरहेको भन्ने गुनासो मञ्चलाई प्राप्त भएको भन्दै त्यस्तो कार्यप्रति मञ्चको ध्यानअर्कण भएको मञ्चद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाल बैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वको वैधानिकता सम्बन्धी विवाद हाल सम्मानित सर्वाेच्च अदालतमा बिचाराधिन रहेकै अवस्थामा संघको नामको दुरुपयोग गरि बिभिन्न संचार माध्यमबाट सूचना सम्प्रेषण गर्ने र अनाधिकृत रकम असुलि गर्ने कार्य प्रति मञ्च घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
मञ्चले त्यस प्रकारको गैरकानूनी कार्यले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको छविलाई धमिल्याउने भन्दै त्यस्तो कार्य तत्काल रोक्न र संघको नाममा जारी गरेको सूचनाको आधारमा भ्रममा परी अनावश्यक रकम नतिर्न नबुझाउनुहुन समेत सबैलाई आह्वान गरेको छ ।
यसैगरी मञ्चले बैदेशिक रोजगारमा जाने नेपालीहरुको स्वास्थ्य परिक्षण गर्दा सुरक्षण चिन्ह (सेक्यूरिटी फिचर) सहितको कागजमा सुनौलो रंगको होलोग्राम मात्र मान्यता प्राप्त भएको भन्ने व्यहोराको बिज्ञप्ति संघको नामबाट केही दिनदेखि बिभिन्न संचार माध्यमहरुमा प्रकाशित हुँदै आईरहेको सूचनाहरु प्रति समेत गम्भिर ध्यान आकर्षण गरेको छ ।
‘होलोग्रमा स्टिकर टास्ने बिषय नितान्त स्वास्थ्य व्यवसायीहरुको आन्तरिक बिषय भएको, नेपाल सरकारबाट स्वीकृत र सूचिकृत सबै स्वास्थ्य परिक्षण गर्ने संस्थाबाट जारी गरिएको स्वास्थ्य प्रतिवेदन मान्य हुनुपर्ने र सो स्टिकरको अनिवार्यता कुनै ऐन नियम नियमावलीमा समेत नदेखेको हुँदा मञ्च सबै प्रकारको सिण्डिकेड प्रणाली खारेज हुनु पर्दछ भन्ने पक्षमा छ,’ मञ्चका अध्यक्ष टंक राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मञ्चले संघको नाममा भ्रामक सूचना प्रकाशित गर्ने र गैर कानूनी रकम असुली गर्ने कार्यले संघको प्रतिष्ठामा समेत आँच पू¥याउने हुँदा त्यस्तो कार्य तत्काल रोक्न र नर्गन नगराउन पनि बिज्ञप्ति मार्फत सम्बन्धित सबैलाई सूचित गरेको छ ।














प्रतिक्रिया