
काठमाडौं, २१ चैत । बिहीबारबाट राजधानीमा जारी १९ औं फ्लोरा एक्स्पो ६५ लाखको कारोबार गर्दै आइतबार सकिएको छ ।
४ दिन सम्म चलेको मेला अबधिभर ६० हजार भन्दा बढी पुष्प पारखीले मेला अबलोकन गरेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । मेलामा पुष्पजन्य बोट बिरुवा, कट फ्लावर, फलफूलका बोट बिरुवा, बन्साई आदिको राम्रो कारोबार भएको थियो । गत बर्षको तुलनामा यस पटक मेला अबलोकन कर्ता र कारोबारको रकम बढेको फ्यानका कोषाध्यक्ष शिब बहादुर खड्काले बताए । आल्मोन र बोधीचित्तका बिरुवा ग्राहक तथा अबलोकनकर्ताको रोजाइमा परेका थिए ।
भृकुटीमण्डप प्रदर्शनी हलमा ४ दिन सम्म चलेको यो एक्स्पोको मुल नारा “स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय” भन्ने रहेको थियो ।
मेलाको पहिलो दिन ७ लाख, दोस्रो दिन १५ लाख, तेस्रो दिन २५ लाख र चौथो तथा अन्तिम दिन १८ लाखको कारोबार भएको कोषाध्यक्ष खड्काले बताए ।
मेलाको अन्तिम दिन छुट पाइने र फूल बिरुवा सस्तो दरमा पाइने अनुमानका कारण अबलोकनकर्ता र ग्राहकको उपस्थिती उच्च रहेको थियो ।
यसपटक कटफ्लारका बिभिन्न बिधामा प्रतिस्पर्धा गरिएको थियो भने कट फ्लावरमार्फत गर्न सकिने सजावटका स्टलहरु मेलाको आकर्षण बनेका थिए । फ्लोरिकल्चर एशोसिएशन नेपालले बर्षभरिमा बिभिन्न मेलाको आयोजना गर्ने गरेको भएपनि हरेक बर्षको चैत्र महिनामा गर्ने मेलालाई भने पुष्प ब्यबसायीले बिशेष पर्बको रुपमा लिने गरेको फ्यानका कार्यक्रम संयोजक जेबि तामाङले बताए । अन्य मेलाहरुमा बिदेशी सहभागि नरहने र यो मेलामा भने बिभिन्न देशबाट सहभागिले भाग लिने गरेको बताउँदै तामाङले यसपटक कोरिया, भारत लगायत देशका ६ वटा स्टल राखेको जानकारी दिए ।
यसपटक आफ्नो स्टलबाट पेलारगोनियम र बगम्बेलीका बिरुवाको बिक्री उच्च रहेको बताउँदै मुस्कान नर्सरीका संचालक तथा फ्लोरिकल्चर एशोसिएशन नेपालका कार्यसमिती सदस्य महेन्द्र सुवेदीले अन्य स्टलहरुले पनि कारोबार राम्रो गरेको बताए ।
मेलामा जम्मा ६४ वटा स्टल मध्ये अफिसियल स्टलका लागि ६ वटा, प्रतियोगितात्मक प्रदर्शनीका लागि ३ वटा, ल्याण्डस्केपिङका लागि ४ वटा र व्यवसायीक स्टलका लागि ५१ वटा स्टल छुट्याईएको थियो । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहका थिए । साथै मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बिच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने समेत बितरण गरिरएको थियो । प्रतियोगिता हुने १० विधाहरु १) उत्कृष्ट मौसमी फूल २) उत्कृष्ट आलंकारिक बिरुवा ३) उत्कृष्ट फूल्ने बिरुवा ४) उत्कृष्ट ल्याण्डस्केप ५) उत्कृष्ट पुष्प सजावट ६) उत्कृष्ट स्टल ७) उत्कृष्ट कट फ्लावर (रोज) ८) उत्कृष्ट कट फ्लावर (कार्नेशन) ९) उत्कृष्ट कट फ्लावर (जरबेरा) १०) उत्कृष्ट कट फ्लावर (ग्लाडुओल बिधामा पुरस्कृत गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका कार्यबाहक अध्यक्ष तथा मेला संयोजक दिलिप बादेले बताए ।

नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आ.ब. २०७०÷७१ सम्म आई पुग्दा हाल ३८ जिल्लामा लगभग ६७५ पुष्प फर्म÷नर्सरीहरु बिस्तार भईसकेको छ । लगभग १४१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आ.ब. २०७१÷७२ मा सिजनल फूल बिरुवा तर्फ रु २२.७६४ करोड, आलंकारिक बोट बिरुवातर्फ रु. ४०.०५७५ करोड, कट फ्लावर्स तर्फ रु २१.४७२५ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्ग तर्फ रु १७.८९२ करोड, खुल्ला फूल तर्फ रु.७.०३५ करोड, सामग्री आपूतितर्फ रु.१३.०२ करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ रु ८.७४६५ करोड, र निर्यात तर्फ रु ३.१५ करोड गरि जम्मा १ अर्व ३४.१३७५ करोड भन्दा बढिको कारोबार भएको छ । आ.ब.२०७१÷७२ मा १०.०० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएको समेत गरेको छ ।















प्रतिक्रिया