१ कार्तिक २०८३, शनिबार

भानुआटुमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vanuautu

काठमाडौं, २१ चैत । आइतबार दक्षिणपूर्वी एसियाको टापु राष्ट्र भानुआतुमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक संस्थाले नेपाली समय अनुसार आइतबार २ बजेर ८ मिनेटमा भूकम्प गएको जनाएको छ ।

राजधानी पोर्ट भिलाबाट ४०७ किलोमिटर उत्तरपश्चिम तथा पोर्ट ओलारीको ८१ किलोमिटर उत्तरपश्चिममा केन्द्रबिन्दु भएको भूकम्पको गहिराई ३५ किलोमिटर रहेको र जमिनबाटै नजिकैको समुद्रमा केन्द्रबिन्दु परेको अमेरिकी भौर्गिक विभागले मापन गरेको छ ।

भूकम्पबाट भएको क्षति विवरण प्राप्त भइसकेको छैन् ।

यसैगरी भूकम्प लगत्तै त्यहाँको प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामी आउनसक्ने चेतावनी दिएको छ ।