१६ कार्तिक २०८३, सोमबार

प्रेस चौतारी मुस्ताङमा रसाइली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-Nepalमुस्ताङ, २१ चैत । प्रेस चौतारी मुस्ताङका अध्यक्षमा सुनदेवी रसाइली निर्वाचित हुनुभएको छ ।

शनिबार सदरमुकाम जोमसोममा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत सात सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिका उपाध्यक्षमा सुन्दरकुमार थकाली, सचिवमा सम्झना थकाली, कोषाध्यक्षमा आइतलाल थकाली र सदस्यमा विकास विक रहनुभएको छ ।

त्यस्तै सदस्यमा चन्द्रा नेपाली र अमर धिताल रहनुभएको चौतारी मुस्ताङले जनाएको छ । अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै नेकपा (एमाले) मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले दुर्गम क्षेत्रका जनताको आवाज राष्ट्रियस्तरसम्म पुर्याउन पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । रासस