१६ कार्तिक २०८३, सोमबार

महिला आफ्नै घरमा मृत फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २१ चैत । जिल्लाको पाख्रीवासमा आज एक महिला मृत फेला परेकी छन् ।

पाख्रीवास-९ खावाकी ३५ वर्षीया तीलमाया तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तामाङको शरीरका विभिन्न भागमा चोटपटक भेटिएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पाख्रीवासका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिनुभयो ।

मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । रासस