८ कार्तिक २०८३, आइतबार

कांग्रेसमा पौडेललाई लाग्यो अर्काे धक्का, देउवा मख्ख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Paudelकाठमाडौं, २१ चैत । कांग्रेसको सभापतिमा शेरबहादुरलाई नै सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्न रामचन्द्र पौडेल पक्षधर नेता नै अग्रसर भएका छन् ।

यसपटक सर्वसम्मत रुपमा सभापति देउवालाई संसदीय दलको नेता चयन गरी पार्टी एक भएको सन्देश दिनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

 १३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएका पौडेल पक्षधर केन्द्रीय सदस्य शेखर कोइरालाले देउवालाई नेता बनाउने कार्यको अगुवाई गरेका छन् ।

कोइरालाले दलको नेतामा उठ्ने मनस्थिति बनाएका पौडेललाई समेत भेटेर देउवालाई सर्वसम्मत बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूलाई समेत भेटेर देउवादलाई नै दलको नेता निर्वाचित गराउनुपर्ने धारणा राखेका छन् । २४ चैतमा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै छ । राजधानी दैनिकमा समाचार छ ।