३० आश्विन २०८३, शुक्रबार

आनी छोइङको स्वागतमा उनै गीत सनाइयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_8482– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको भ्रमणमा रहेकी गायिका आनी छोइङलाई अमेरिकामा जन्मेका दोश्रा पुस्ताले उनकै गीत फूलको आँखामा फूलै संसार सुनाएका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको सेन्टरभिलमा नेपाली महिला स्वयम् सेवक द्वारा स्थापित गरिएको नेपाली पाठशालामा आनी छोइङ डोल्माले भ्रमणको क्रममा सोही पाठशालामा अध्ययनरत विद्यार्थीले सुनाएका हुन् ।

व्यस्त समयको बाबजुद पनि समय निकालेर उक्त पाठशालामा आई केहि कुराहरु राख्दै उनले बालबालिकाका लागि रचेको हाँसको बच्चाको गीत सुनाइन् ।

उनले यसरी नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने काम विदेशमा हुनु राम्रो हो भन्दै अभिभावकलाई बिशेष धन्यवाद दिएकी थिइन् ।

कार्यक्रममा पाठशालाका प्रधानाचार्य बिष्णु खरेलले स्वागत गर्दै आनीलाई समर्पित गर्दै एउटा छोटो सन्देश पढेर सुनाए ।

कार्यक्रममा आनीलाई खादा ओढाई स्वागत गरिएको थियो । पाठशालाकि अध्यक्ष बिना लामा खड्का, शिक्षक, समाजसेवी तथा अभिभावकको घुइँचो लागेको थियो ।