एथेन्स, २१ चैत । ग्रिसको लेसवस टापू वरपर शरण लिई बसेका करिब ७५० आप्रवासीलाई सोमबारदेखि बुधबारसम्ममा डिकली बन्दरगाहको बाटो हुँदै टर्की पठाउने भएको छ ।
तर यसबारे ग्रिसका अधिकारीले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
ग्रिसको राज्य सञ्चालित समाचार संस्था एएनएका अनुसार करिब ७५० आप्रवासीलाई अवैध रुपमा ग्रिस छिरेर बस्दै आएको र शरणार्थीका लागि पुुष्टि गर्ने कुनै कागजात फेला नपरेपछि फिर्ता गर्न लागिएको हो ।
युरोपेली सीमा मामिला सम्बन्ध हेर्ने संस्था फ्रन्टेक्सले दुई टर्केली सुविधा सम्पन्न पानीजहाजलाई यो उद्देश्यका लागि पठाउने भएको छ ।
शुक्रबारमात्र मानवअधिकारबादी संस्था एम्नेस्टी इन्टरनेसनलले टर्कीलाई सिरियामा जारी द्वन्द्वको चपेटामा परी विदेश पलायन भई टर्की रहँदै आएका र अन्य युरोपेली मुलुक हिँडेका शरणार्थीलाई गैरकानुनी तरिकाले द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र सिरियामै फिर्ता हुन दबाब दिने गरेको जनाएको थियो ।
एम्नेस्टीले यसलाई ‘घातक कमजोरी’ भन्दै यसअघिका सहमतिको सबै युरोपेली राष्ट्रले पालना गर्न सुझावसमेत दिएको थियो । एएफपी















प्रतिक्रिया