२९ आश्विन २०८३, बिहिबार

गुणस्तरीय शिक्षामा अब्बल सावित हुँदै सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arjun Adhikariलामो संघर्षको प्रयासपछि सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेज सञ्चालनमा आयो । स्थापनाको पाना पल्टाउने हो भने कलेज सञ्चालनमा आएको धेरै भएको छैन । तर यसले स्थापनाको छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसम्म आफ्नो चिनारी पु-याइसकेको छ । कलेज सञ्चालनसँगै कतिपय असहज र अप्ठ्यारा दिन नआएका भने होइनन् । तर अनुभवी व्यक्तिले कलेज सञ्चालन गर्दा सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेजले अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति प्राप्त छ ।

स्थापनाकालदेखि नै यो कलेज गुणस्तरीय शिक्षा दिनमा अगाडि छ । मुलुकलाई चाहिने दक्ष जनशक्ति यो कलेजले उत्पादन गरिरहेको छ । समाजमा सेवा दिनका लागी व्यवहारिक र प्रयोगात्मक शिक्षा आवश्यक पर्ने भएकाले सोही अनुसारको शिक्षा प्रदान गरिरहेको र दक्ष जनशक्ति उत्पादन गरिरहेको क्याम्पसले जनाएको छ ।

ठूलो रकम खर्च गरेर नर्स बन्ने र जनतालाई सेवा दिने उद्देश्यले नर्सिङ शिक्षा लिएको भए पनि पछिल्लो समय बेरोजगार बन्नुपर्ने अवस्था नर्समा रहेको पाइन्छ ।

यसको अन्त्य गर्न र रोजगारीको ग्यारेन्टी गर्ने उद्देश्यले सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेजले आफ्ना विद्यार्थीलाई व्यवहारिक, सैद्धान्तिक र प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको छ ।

सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेज २०५७ सालदेखि सञ्चालनमा आएको हो । स्थापनाकालदेखि नै सतप्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल यो कलेजमा उत्पादित जनशक्तिले अहिलेसम्म बेरोजगार भएर बस्नु नपरेको क्याम्पस प्रमुख बताउँछिन् । हाल यो कलेजमा १ सय ४० जना विद्यार्थी अध्ययनरत छन् ।

यहाँ उत्पादित जनशक्ति नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न अस्पतालमा कार्यरत छन् । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, क्यानडालगायतका मुलुकमा पुगेर पनि यहाँ उत्पादित जनशक्तिले गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेजबाट उत्पादित विद्यार्थीले विदेशमा गएर योगदान दिन थालेपछि कलेजले व्यवहारिक शिक्षा पनि जरुरी ठानेको छ ।

Student of Susma College

फ्लोरेन्स सम्झँदै सुष्मामा अध्ययनरत विद्यार्थी

नर्स भन्ने वितिक्कै फ्लोरेन्स नाइटिङ्गलको नाम सबैको मन मष्तिस्कमा रहने गरेको छ । नर्सिङ पेसामा रहेर फ्लोरेन्स नाइटिङ्गलले तत्कालीन समयमा युद्धको चपेटामा परेर घाइते भएका विरामीको सेवा र उपचारमा गरेको अथक योगदानलाई संसारभर नै प्रशंसा गर्ने गरिन्छ । यसै कारण यो पेशालाई हेर्ने दृष्टिकोण पनि फरक भएको हो । फ्लोरेन्सले समाजमा पु¥याएको योगदानलाई आत्मसाथ गरी सेवा दिने सोच बोकेका छन्– सुष्मा कोइराला मेमोरीयल नर्सिङ् कलेजमा अध्ययनरत विद्यार्थीले ।

यहाँ उत्पादित जनशक्ति नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न अस्पतालमा कार्यरत छन् । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, क्यानडालगायतका मुलुकमा पुगेर पनि यहाँ उत्पादित जनशक्तिले गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेजबाट उत्पादित विद्यार्थीले विदेशमा गएर योगदान दिन थालेपछि कलेजले व्यवहारिक शिक्षा पनि जरुरी ठानेको छ ।

गरिब र असहायको सेवा गर्नु नै हाम्रो कर्तव्य

झापा निवासी दुर्गा लामिछानेले व्यवस्थापन संकायमा स्नातकोत्तर गरिन् । तर रोजगारीको अवसर नभएपछि फेरी उनले नर्स बनेर समाजमा योगदान दिने सोच बनाइन् । नर्स बन्ने चक्करमा लागेर लामो समय कलेजको खोजीमै बिताइन् । सबै कलेजमा बुझिन् तर सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेजमा जस्तो शिक्षा अन्त नपाइने पत्तो पाएपछि उनले सुष्मामा भर्ना गरिन् । उनले भनिन्– ‘महिलाका लागि सम्मानित र बृहत क्षेत्र भएको पेसा नै नर्स हो । यो महिलासँग प्रत्यक्ष जोडिएको पेशा पनि हो । त्यसैले नर्स बन्ने विचार गरें । नर्स भनेपछि समाजमा हेर्ने दृष्टिकोण पनि फरक हुन्छ । समाज सेवा गर्ने एउटा महत्वपूर्ण र सशक्त माध्यम भनेको परिचारिका हो । मेरो पहिलो चाहना नै नर्स बन्छु भन्ने थियो किनकी मैले आफ्नो भविष्य यहि क्षेत्रमा देखेको थिएँ ।’ उनले व्यवसायिक नर्स भएर नेपाल कै दूरदराजमा गएर सेवा गर्ने इच्छा व्यक्त गरेकी छन् ।

लामिछानेले सुष्मा कोइराला नर्सिङ क्याम्पसले दिएको शिक्षाप्रति आफूसहितका साथीहरु सन्तुष्ट रहेको बताइन् । उनले यहाँको गुणस्तरीय शिक्षाप्रति आफूजस्तै अन्य क्याम्पसमा पढ्नेहरु पनि लोभिने गरेको बताइन् ।

लामिछाने जस्तै उदयपुरकी बसुकुमारी बानियाँ पनि सुष्मा कोइराला नर्सिङ कलेजले दिएको शिक्षाप्रति सन्तुष्ट छन् । उनले धर्म गर्नका लागि मन्दिर, मस्जिद चैत्य र गुम्बा मै जानुपर्छ भन्ने नरहेको र कर्म गरेर असहाय, असक्त, दीनदुःखि, पीडित र गरिबको स्याहारसुसार हेरचाह गर्न नर्सिङ पेशालाई रोजेको बताइन् । त्यसका लागि गुणस्तरीय शिक्षा लिनुपर्ने भएकाले आफूले यही क्याम्पसलाई छानेको उनको भनाइ थियो । बानियाँले कलेजको पूर्वाधार र अध्ययनको वातावरण एकदमै उपयुक्त रहेको बताइन् ।

नर्सिङ कलेजको भीड बढिरहेका बेला पनि सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । जनकपुरकी मोनिका लामा भन्छिन्– ‘मेरो पारिवारिक पृष्ठभूमी नै स्वास्थ्य क्षेत्रमा आवद्ध भएकाले मैले पनि नर्सिङ पेशा नै रोज्ने निर्णय गरेको हुँ । त्यसका लागि धेरै क्याम्पसमा बुझ्दा यो जत्तिको उपयुक्त कलेज आफूले नपाएकाले यही पढ्न थालेकी हुँ ।’ उनले यो क्याम्पसले सैद्धान्तिक र व्यवहारिक दुवै शिक्षा प्रदान गर्दै आएको बताइन् । सानैदेखिको समाजसेवा र नर्सिङ गर्ने इच्छाले आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।

त्यसैगरी मोरङकी दिब्या अधिकारीले पनि आफ्नो आत्मादेखिकै सेवा गर्ने भावनाका कारण नर्स बन्ने इच्छा जागेको बताइन् । परिवारमा सबै दिदी नर्स र डाक्टर भएकाले आफूले पनि यही क्षेत्रमा रहेर सेवा गर्ने उनको चाहना छ । त्यसका लागि राम्रो अध्ययनको वातावरण चाहिने भएकाले यो क्याम्पसलाई रोजेको उनको भनाइ छ ।

यही क्याम्पसमा अध्ययन गरेर हाल वीर अस्पतालमा इन्टर्नको रुपमा काम गर्दै आएकी कृपा जोशी आफ्नो पढाईप्रति पूर्ण सन्तुष्ट छन् । क्याम्पसले दिएको अध्ययनको वातावरण, कामप्रतिको लगनशीलता, बिरामीलाई गर्नुपर्ने व्यवहारलगायतको शिक्षाले आफूलाई अहिले काम गर्न सहज बनाइदिएको उनी बताउँछिन् । आफूलाई सम्मानित बनाउन अरुको पनि सम्मान गर्न जान्नुपर्छ भन्ने जोशी आफूलाई सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेजले दिएको शिक्षाकै कारण सबैको प्रिय बनेको बताउँछिन् ।