१ कार्तिक २०८३, आइतबार

नुवाकोटको विदुरबाट काठमाडौं आइपुग्ने छोटो बाटो पिच गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamang-1

नुवाकोट, २० चैत । नुवाकोट र रानीपौवा चतुराले ढाँडेफेदी बेलकोट तादीपूल सडक उपभोक्त समितिको एक समारोहबीच भेला सम्पन्न भएको छ ।

समितिको निवर्तमान उपाध्यक्ष केशव थपलियाको अध्यक्षतामा सम्पन्न उक्त भेलाले नयाँ कार्यसमिति चयन गरिएको थियो । जिल्ला प्राबिधिक कार्यालय नुवाकोटका ईन्जिनियर सुवर्ण तुलाधरको प्रमुख आतिथ्यमा शनिबार चतुराले बजारमा सम्पन्न सो भेलाले नेपाली काँग्रेस गाउँ इकाई समिति चतुरालेको सभापति बद्रिराज थपलियाको अध्यक्षतामा ११ सदस्यीय उपभोक्त समिति गठन भएको हो ।

उपाध्यक्षमा नेकपा एमाले गाउँ कमिटी चतुरालेका उपाध्यक्ष जितबहादुर तामाङ, कोषाध्यक्षमा एनेकपा माओबादी गाउँ कमिटी चतुरालेका सचिव माधव पाण्डे, सचिवमा एमालेकै रमा तिवारी, सह–सचिवमा नेकपा माओबादी बिप्लप गाउँ कमिटी चतुरालेका प्रमुख बृष रुम्बा तामाङ सदस्यहरुमा क्रमशः सुनिता तामाङ, रक्ते तामाङ, प्रेमबहादुर तामाङ, कृष्ण कार्की, सुकरानी पाठक, भगवान बानियाँ चयन भएका छन् ।

tamang

निवर्तमान सचिव प्रतिमान तामाङले प्रगति विवरण प्रस्तुत गर्नुभएको सो भेलामा करिब १४ किलोमिटर कच्ची बाटो रानीपौवा पासाङल्हामु राजमार्गबाट ग्राभेल र पिच गरिने जानकारी दिइएको थियो । ग्रामीण कृषि सडक भनेर तत्कालीन स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले योजना आयोगलाई सिफारिस गर्नुभएको थियो ।

एसएन आर टिपीले हेरेको यस योजनाको क्रमागत १४ करोड बजेट रहेको छ । बिस्तारै यस समितिले बिनपा स्थित शेरा गंगटेमा जोड्ने योजना रहेको बताइएको छ । यसको लागि बरिस्ठ समाजसेवी नरेन्द्रराज पाठक र सञ्चारकर्मी अर्जुन बहादुर तामाङले भौतिक मन्त्रालय, सडक विभाग र योजना आयोगमा बिशेष पहल गर्नुभएको हो ।

यसले नुवाकोटको बिदुरदेखि राजधानी काठमाडौं जोड्ने छोटो दूरीको रुपमा यात्रुलाई सहज बनाउने छ । योसहित बिदुरबाट काठमाडौं प्रवेश गर्ने चारवटा सडक हुने भएको छ ।