एजेन्सी । सामाजिक सञ्जालको शसक्त माध्यम बनेको छ फेसबुक ।
मानिसको जीवनका एक–एक कुरा फेसबुकमा व्यक्त हुन्छन् । कसले के गदैछ, को कस्तो प्रकृतिको मान्छे हो, कसलाई के मन पर्छ, कस्तो स्वभावको हो त्यो थाहा पाउन फेसबुक टाईमलाईनमा एक नजर लगाईयो भने पनि सबै छर्लङै हुन्छ । सबैले आफ्नै दैनिक रिपोर्ट फेसबुकको माध्यमवाट आफ्ना साथीहरुलाई बुझाईरहेका हुन्छन् ।
विश्वभरका मानिसँग सजिलै जोडिन पनि त फेसबुककै ठूलो देन छ । सामाजिक सञ्जाल साच्चै शक्तिशाली भईरहेको छ । हाम्रो दैनिक गतिविधीहरु अरुलाई जानकारी गराउन पाउनु खुसी कै कुरा हो तर केहि केहि विषयहरु भने फेसबुकमा पोष्ट तथा सेयर गर्नुहुँदैन् ।
ती यसप्रकार छन्ः
म निकै खुसी छु मेरो लागी सवैभन्दा ठुलो काम हुदैछ, म जसरी पनी गरेरै देखाईदिनेछु जस्ता विषयमा स्टाटस लेखिएको हामीले देखेकै छौ । भोली भनेको भोली नै हो त्यो काम हुनपनी सक्छ नहुन पनी सक्छ । भविष्य कसले देखेको छ र ? काम पुर्ण भए त ठिकै हो तर यदि कसैगरी भएन भने तपाई फेसवुक साथीहरुमाझ नै पङ्गु वन्न सक्नुहुन्छ । साथीहरुले भने ठुला कुरा गरेर काम चै गर्न नसकेको भन्ने वुझ्न सक्छन् र तपाईलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनसक्छ ।
२. हिस्रक फोटो/स्टाटस पोष्ट नगर्नुस् ।
रगत वगिरहेको अथवा शरीर छतविछत भएका फोटोहरु फेसवुकमा विर्सिएर पनी पोष्ट नगर्नुस् । भलै तपाईले कुनै एक अर्थले आफ्ना साथीहरुलाई देखाउन खोज्नुभएको होला तर त्यस्ता फोटोहरुले अनर्थ लाग्नेछ । साथीहरु मर्माहत हुनेछन् । त्यस्तो गतीविधीहरु मन पराउदैनन । दिशा कसैले पनी हेर्न मनपराउदैन त्यो आफ्नै शरिरवाट निस्कने भएपनी फोहोर नै लाग्छ । विहान फेसवुक खोल्नासाथ त्यस्ता रगताम्य भएका फोटोहरु देखियो भने दिनभर नै ह्याड्याक भईरहन्छ । तपाई आफ्ना साथीहरुवाटै व्लक हुनुपर्ने सम्भावना वढेर जान्छ त्यसैले आफ्नो तौल आफै नघटाउनुस् ।
३.फेसवुकमा गाली र आरोप नलगाउनुस् ।
कामको कहिल्य जस दिदैन, साला चोरजस्ता छ मेरो कम्पनी र कम्पनीका स्टाफहरु भन्ने जस्ता स्टाटस लेखिएको देखिन्छ । आक्रोश त पोखिएला तर तपाई आफु पनी कतिसम्म गाली र आरोप लगाउन गिर्न सक्नुहुदो रैछ भन्ने प्रश्ट हुन्छ । अरुलाई चोर औलो उठाउदै गर्दा आफुतिर पनी औलो ठडिन सक्छ त्यसैले सचेत हुन जरुरी छ । अनि अर्को कुरा आफ्नो कम्पनी तथा कार्यालयको राम्रा नराम्रा विषयमा फेसवुकमा च्याट नगर्नुस् कतै तपाईको मनोभाव वुझ्नको लागी पनी सोधिएको वा जिज्ञासा राखिएको हुन्छ । सकभर अफलाईनमै भेटेर कुराकानी गर्दा राम्रो हुन जान्छ ।
४. टाईम टु टाईम अपडेट नगर्नुस् ।
तपाईको फेसवुक एकाउण्ट कुनै लाईभ न्युज साईटको होईन । “रात परिसक्यो स-परिवार नै छिमेकीको घरमा छौ, अव एक घण्टाजती यतै वस्ने कार्यक्रम छ, खाना सायद यतै खाईन्छ ।” भन्दै स्टाटस अपडेट गदै जानुभयो भने तपाईको घरमा चोरी पनी हुनसक्छ । यो त म अहिल्यै आउदिन सवै सामान चोरेर लैजा भनेर चोरलाई अर्लट गरेजस्तै भयो । त्यसैले “टाईम टु टाईम” अपडेट गर्नुको ठाउँमा काम सम्पन्न भईसकेपछि मात्रै अनुभव फेसवुकको माध्यमवाट वाड्दा राम्रो हुनेछ ।
५. व्यक्तिगत जानकारी फेसवुकमा नवाड्नुस् ।















प्रतिक्रिया