२८ आश्विन २०८३, बुधबार

‘अर्की आईमाई’सँग प्लेनमा केही घण्टा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

binod_roka2012001निलम कार्की निहारिकाको ‘अर्की आइमाई’ उपन्यासको पहिलो संस्करण मंसिर २०७० मा निस्किएको भएता पनि मैले भने पौष २०७० मा निस्किएको दोश्रो संस्करण २ मार्च २०१४ मा डिसीमा प्रथम महिला अन्तरराष्ट्रिय साहित्य सम्मलेनको बेलामा निलमबाटै उपहार स्वरुप पाए । यद्यपि यो उपन्यासको बारेमा निलम र मेरा बीचमा उपन्यास लेख्न थाल्नु भन्दा अगाडि देखि नै कुराकानी भएको थियो। त्यसैले होला उनले मलाई दिएको उपहारप्रतिमा यस उपन्यासका मुख्य प्रेरक दाजु विनोद रोकालाई वहिनीको भेट भनि लेखेकी थिइन।

यो उपन्यास मेरो हातमा परेकै समयमा ‘सेतो धरती’ उपन्यासका लेखक अमर न्यौपानेजीे पनि न्युयोर्क आउनु भएको र यसको बारेमा धेरै सुनेको हुँदा एकप्रति लेखकसँगै किनेको थिएँ । कानुनी पेशाको जिम्वेवारी अनि न्युयोर्कको व्यस्त समयको परिवेशबाट फुत्कन नपाई प्रायः साहित्यीक कृतिहरु पढन समय निस्कन मुस्किल पर्ने हुँदा मुद्दाको वहसको क्रममा रेल वा हवाईमार्गबाट टाढा जानुपर्दा पढनुपर्ने हुन्छ। मैले यी दुवै पुस्तककरु पढन एकै समय सुरु गरेकै मेसोमा गुहनाथ पौडेलजीले अनुवाद गरेको तेईस भाषामा अनुदित एवं अन्तरराष्ट्रियमा सर्वाधिक बिक्री भएको कृति भिक्षु र दार्शनिक हात परयो उपहार स्वरुप अनुवादकर्ताबाट । धर्म र बौद्ध ध्यानविधिका बारेमा चर्चा गरिएका यो पुस्तक मेरो दैनिकीसँग गासिएको हुँदा पढनु पर्नेमा थपियो । तर पनि पहिले पढेर सक्ने चाँहि निलमकी ‘अर्की आईमाई’ नै परिन।

उपन्यासमा मुख्यपात्र बनाईएकी आईमाईको चरित्रको बारेमा डा. शुरेसकृष्णज्युले न्युयोर्कमा बताउनु भएको थियो। सिर्जनाका यात्राहरुमा निम्ता गरिएका डा. शुरेसकृष्ण दिल्ली विश्वविद्यालयका हिन्दी साहिन्य र पूर्वीय दर्शनका अवकाश प्राप्त प्राध्यापक । उहाँका छोरा कवि एवं न्युयोर्कका कानुन व्यवसायी अखिलेशकृष्ण एवं उहाँकै नातिनी मिनाक्षी कृष्ण थिइन । मिनाक्षी हाल हारभर्ड युनिभर्सिटीमा बिद्यार्थी हुन र युसेप नेपालमार्फत सुविधाविहिन बालबालिकाहरुलाई विगत ३ बर्षदेखि शिक्षाका लागि भनेर साँस्कृतिक कार्यक्रम गरी रकम पठाउने गर्छिन् । उहाँहरुलाई मैले कानुन व्यवसायी मित्र अखिलेशजीको सहयोगबाट ल्याएको थिएँ । यी तिनै पुस्ताका व्यक्तिहरुले आ आफना साहित्यिक रचनाहरु पाठ गरेका थिए । अनि कार्यक्रमपछि डा. कृष्णले आफू हाल क्यालिफोर्नियामा छोरीसँग बस्दै गरेको र फुर्सदको समयमा समाजसेवामा लागिरहेको तथ्य पनि उल्लेख गर्दा उहाँले अर्की आईमाईको उद्दार गरेको सत्य घटना सुनाउनु भएको थियो।

निलमलाई यो कुरा कवि मणि बाङदेलजीले फोनमा सुनाउनु भएको रहेछ। केहि दिनपछि निलमसँग मेरो कुरा हुँदा उनले यो घटना सुनेर आफूमा एउटा मर्मस्पर्शी छाप परेको बताइन। अनि मैले पनि भने यस्ता घटनाहरु घटि नै रहन्छन अमेरिकामा । किनकि मानिसहरु यो मुलुकमा आउन चाहन्छन र धेरैले कागज पाउने माध्यममा विवाह पनि प्रमुख रहेको यथार्थता उनलाई बताए। त्यसपछि यस्तै खालका मिल्दाजुल्दा घटनाहरुको बारेमा कुरा भयो, जुन मैले आफ्नो पेशाका दौरानमा अनुभव गरेको थिएँ । उनले त्यसैबेला भनेकी थिइन, दाई म यस बिषयमा एउटा उपन्यास लेख्छु। मलाई पनि मनमा कुनै दिन यस्ता र यस्तै कतिपय बिषयमा कुनै लेख लेखौँला भन्ने नलागेको भने होइन। मैले लेखेको भए अर्की आईमाई र अर्को लोग्नेमान्छे अनि यस्तै यस्तै विषयवस्तुलाई कसरी प्रस्तुत गर्थे वा गर्छु भन्न सक्दिन। तर, निलमले लेखेको उपन्यास अर्की आईमाइमा जसरी उनले एउटा घटना भित्र नारीका कति संवेदनशील घटनाका पत्राहरु उधेन्न सकिन, त्यो मैले लेखेको भए सम्भव थिएन । किनकी म ती संवेदनशील पाटाहरुमा त्यतिका मर्मस्पर्सी वेदनाहरु हुन्छन भन्ने अनुभव त के अनुमान पनि गर्न सक्दिन।

आफ्नै दौँतरी आशुतोषसँग नजानिदो किसिमले प्रेममा गाँसिएकी एउटा अवोध तारा अमेरिकी नागरिक शुवर्णको छोराछोरीकी न्यानी अर्थात बच्चा हेर्ने केटी हुनका लागि स्वास्नी बनेर जान्छे अमेरिका । स्को उपस्थितिले शुवर्ण र उसकी व्याइते स्वास्नीलाई आफ्नो व्यापार र मोजमस्ती गर्न पैसा दिएर अस्थायी न्यानी राख्नु पर्दैन । शुवर्णका लागि अल ईन वन बन्छे तारा ।

अमेरिका जहाजमा आउँदा पनि उस्लाई लाग्छ बढेमाको चिलले पखेटा फिजाएर सिकार उडाएझैँ आउँदैछे माटोको सुगन्ध छाडेर । उ मुत्युतुल्य छे अमेरिकामा । त्यसैले शुवर्ण भन्छ तिमी लासजस्ती छौ । लाससँग सुतेजस्तो लाग्छ । ताराले विस्तारै बुझ्दछे अमेरिकाको खुल्लापन र समाज अनि मानिसहरुको चरित्र। कन्ट्रयाक्ट म्यारिज, ग्रीनकार्ड, नागरिकता पाएपछि डिभोर्स, अनि फेरी अर्को विवाह । विवाह नगरे लिभिङ टुगेदर । संस्कार, सस्कृति र आमाबाबुबाट स्वतन्त्र भएका सन्तानहरुको अनिश्चित गन्तव्य आदिका परिवेशमा बस्दा बस्दा तारा पनि तरु हुन्छे । आधुनिक हुन्छे मनभरी मातृत्वको कुण्ठा बोकेर ।

घरधनीले महिनावारी तिर्नुपर्ने मोरगेज, बेलामा तिर्न नसक्दा वैकले गर्ने फोरक्लोजर, अनि लिएको ऋण तिर्न नसक्दा बैंक्रप्सी अर्थात टाट पल्टिएको ठहर गराई ऋण मुक्त हुनुपर्ने आदि अमेरिकामा रहँदा आईपर्ने समस्या अनि देशमा सुशासन नहुँदाका कारणले विदेश पलायन हुनु परेका युवक र युवतीहरुका दारुणित जीवनगाथा । परिवर्तनको आशामा आन्दोलनमा जीवन उत्सर्ग गरेका नयाँघरेको नाति उस्की सुत्केरी श्रीमतीको दारुणिक चित्रण । बृद्धाआश्रममा बसेकी बुढी आमामा अझै तरु बाझी रहेको रहस्य नबुझ्दा आएको चिन्ता । बाल्यकालको साथी डाक्टर आशुतोस तीन छोरीको पिता भएता पनि साझी तारा तरु भएपछि फरासीली भएकोमा खुसी व्यक्ति गर्छ र भन्छ तिमी धेरै फरक भईछौ। तिमीले अंकल शुवर्णसँग कसरी विवाह गर्न सकेकी ?

आशुतोष अमेरिका आएका बखत हेरबिचार गर्ने भाग तरुकै हुन्छ । अनि तरु आशुतोषसँग समुन्द्रमा खेल्न जाँदा उस्को अंगालोमा बाँधिन पुग्छे । र मनभनै भन्छे, सानामा आफ्नो माग पूरा नहुँदा आमाको साडीको फेरो समाएर रोएकी थिएँ होला डाँको छाडेर यसरी । विस्तारै तरुले बुझ्छे आशुतोषले उस्लाई छातीमा राख्न सक्छ अर्की आईमाई बनाएर । तर स्वास्नी बनाउन सक्दैन, देवर र शुवर्णले जस्तै। टिका लाएको श्रीमतीवाला भाई पनि अमेरिकी नागरिक भएकी तरुलाई कागजका लागि अर्की आईमाई बनिदिनु विनम्र अनुरोध गर्छ । यसरी अर्की आईमाई बनाउने पुरुषहरुको भीडमा तरुले बहराइनको दशघण्टाको ट्रान्जिटमा अरबबाट फर्किएर आएका आधुनिक लाहुरेहरुको भीड र दिनानुदिन जीवन निर्वाहका लागि विदेश पलायन हुनु परेका युवाशक्तिको जमातलाई सम्झिएर देशका आमाहरु विदेशमा निर्यात गरिने मानिसहरु उत्पादन गर्ने मेशिनहरु जस्तो लाग्छ ।

लोग्नेमान्छलाई अर्की आईमाई मात्र बनाऊन खोज्ने भीडमा उनले एकजना हट्टााकट्टा । चिम्सा आँखा, ठूलो शरीर, पाखुरा पनि ठूलै अनि बटारिएको कविमनको वाङदेल देखिन्छ, जो देशको वर्तमान विग्रिएको अवस्थाको चित्रण गर्दै राईफलको नालीबाट तातो गोली मmै यथार्थता बोलिरहेको छ बहुलाझैँ । यो पात्रमा झण्डै न्युर्योकाको कवि बाङदेलको जस्तै जिऊज्यान र बोलाईको भरपर्दो चरित्र देखिन्छ । अनि यस्तै पात्रहरुले आईमाईलाई अर्की आईमाइको रुपमा मात्र नहेरी देश परिवर्तनका लागि सहयात्रीको भुमिका बहन गर्न सक्छ भन्ने आश तरुमा पार्दछ ।

फेसबुकमा आफनो विज्ञापन आफै गरेर हिडने बथानबाट आफूलाई अलग्याएर तरु आफु जस्तै पीडित महिला अनि भरपर्दा बाङदेलहरुका पाखुरा र कविमनसंगै सपनाको उडान भर्छिन, ास्तविकताको धरातल टेक्न । प्रेम, मुक्ति र परिवर्तनको लागि एउटा क्रान्तिको मसाल बोकेर । आफूलाई गैर ठान्दिनन उनी जन्मभुमीको दुर्दशामा सहयोद्दा भै मुक्तिको लडाई लड्नका लागि । तर, यर्थाथता भने अमेरिकी नागरिक तरुलाई सोचे जस्तो थिएन । किनकी उनलाई जन्मभुमिले बस्नको लागि दिएको अनुमति एकहप्ता मात्र बाँकी हुन्छ। उ आफनै देशको अनागरिक भैसकेकी हुन्छे । तोकिए भन्दा बढी बसेमा उस्को बसाई गैरकानुनी हुन्छ । त्यसैले उ अमेरिका आउने तरखरमा छे। तर उनलाई बहराईनमा भेटेका बाङदेल र सपना उडानमा भेटिएकाहरुलाई पुनः भेटने मन छ। थाहा छैन, तरुको यो आशा पूरा हुने हो कि होईन।

निलमले २ मार्च २०१४ का दिन डिसीमा दिएको यो उपन्यास मैले १५ जुलाई २०१४ का दिन ओरलेण्डो, फलोरिडामा एउटा अद्यागमन मुद्दाको सिलसिलामा जाँदा र १६ तारेख फर्केर आउँदाको करिब ९ घण्टाको समयमा पढेर सिध्याइ भिक्षु र दार्शनिक पढन थाले।

निलमले लेखेको उपन्यास पढि सकेपछि लाग्यो मैले यो विषयलाई आधार बनाएर उपन्यासै लेखेको भएपनि अर्की आईमाइसँग जोडिएका र जोडिन सक्ने यतिका विषयबस्तु यसरी सुन्दर शैलीमा न्यायोचित रुपबाट प्रस्तुत गर्ने सक्ने थिइन। आफूले थाहा पाएको र अनुभव गरेका कुरा निलम जस्ता आवाजविहीनहरुका लागि आवाज दिन सक्ने क्षमता राख्ने व्यक्तित्व समक्ष पुरयाएको कारणले पात्रहमा न्याय परेको देख्दा आनन्दको अनुभुति भयो। अर्की आईमाइको सफलताको शुभकामना र अर्की आईआइले उडानमा देखेको सपना कवि वाङदेलहरुका बलिया पाखुरा र ज्ञानले पूरा होऊन । अनि निलमले केही समय अगाडि फोनमा कुरा हुँदा मेरो पूर्व प्रकाशित कविता हामी धृतराष्ट्र हाम्रो देश धृतराष्ट्र शिर्षकको कविताको पृष्ठभुमिलाई आधार बनाई अर्को उपन्यास लेख्ने सोच बनाएकी छु दाई भनेको सम्झँदा उनको योे पात्र र परिवेशलाई न्याय गरेर लेख्न सक्ने अद्धितीय लेखकीय क्षमताले अर्की आईमाई जस्तै सबैको मन छुने अर्को कृति आऊने आशा राखेको छु।