८ कार्तिक २०८३, आइतबार

नेपाल हेर्ने भारतको पोजिसन फेरिएको छैन : राजदूत रे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit-ray-indian-ambessedar-rajdut

काठमाडौं, २० चैत । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले युरोपेली युनियन (इयु) र भारतले बुधवार संयुक्तरुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी जारी गरेको विज्ञप्तिको बचाउ गरेका छन् ।

लैनचौरस्थित भारतीय दूतावासमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले संयुक्त विज्ञप्तिमा ‘मात्र नेपालको मन्त्रिपरिषदले पुसमा गरेको निर्णयलाई उल्लेख’ गरेको बताए ।

बेल्जियमको राजधानी ब्रसेल्समा १३ औँ इयु–भारत सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिको १७ नम्बर बुँदामा संविधानमा देखिएको विवादको समयसीमामा रहेर दिगो र समावेशी संवैधानिक समाचान खोज्न भन्दै नेपाललाई दबाब दिइएको थियो ।

त्यसपछि परराष्ट्र मन्त्रालयले बिहीवार नै विज्ञप्ति जारी गर्दै इयु–भारतले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघको वडापत्रको मूलय मान्यता उल्लघंन गर्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको थियो ।

‘नेपाललाई यो विषय किन ठूलो लागिरहेको छ, त्यो मैले बुझ्न सकेको छैन, विज्ञप्तिमा त केबल नेपाल सरकारले गरेको निर्णयलाई पुनरार्वत्ति गरिएको मात्र हो,’ राजदूत रेले पुस ७ गते मन्त्रिपरिषदले मधेसकेन्द्रीत दलका माग सम्बोधन गर्न गरेका निर्णय स्मरण गर्दै भने ।

उनले थप स्पष्ट पारे, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र सबै असमझदारी हटेको बताइसक्नु भएको छ तर अचानक अहिले यो क्रोधित प्रतिक्रिया आएको छ। यसको कारण के हो? हामी एकदम चकित परेका छौं ।’ नागरिक दैनिकमा समाचार छ ।