आखिर बम केका लागि निर्माण गरिन्छ ? त्यसलाई कहाँ प्रयोग गर्ने ? यस प्रश्नको उत्तर पक्कै पनि सजिलो छैन । यो प्रश्नको ठोस उत्तर कसैले दिन्छु भन्छ भने उसको त्यो मूर्खता मात्र हो ।
जब तरबारबाट बन्दुक र बारुदको युग सुरु भयो । त्यसपछि संसारमा विनाशकारी आणविक बमहरु बनाउने प्रतिस्पर्धा चल्यो । अहिले विश्वमा आणविक बमको संख्या २४ हजार नाघेको सार्वजनिक भएको छ । न्युयोर्कस्थित अमेरिकी थिंक ट्यांक इन्टिच्यूट फर साइन्स एण्ड इन्टरनेशनल सेक्युरिटीका अनुसार सन् २०१५ सम्म भारतसँग ७५ देखि १ सय २५ न्युक्लियर बम बनाउनका लागि प्रयाप्त प्लूटोनियम उपलब्ध छ । त्यसबाट उसले १ सय १० देखि १ सय ७५ हतियार बनाउन सक्छ । आगामी सन् २०२० सम्म पाकिस्तानसँग करिब २ सय परमाणु हतियार हुने आंकलन गरिएको छ ।
इन्फोग्राफिकको आँकडा अनुसार रुससँग ५ हजार भन्दा बढी आणविक हतियार रहेका छन् भने अमेरिकासँग पनि सोही परिमाणमा आणविक हतियार छन् । फ्रान्ससँग करिब ३ सयको संख्यामा आणविक हतियार रहेको बताइएको छ । चीनसँग करिव २ सय ५०, बेलायतसँग २ सय २५, पाकिस्तानसँग १ सयदेखि १ सय २०, इजरायलसँग ८० आणविक हतियार रहेको थिंक ट्यांकले जनाएको छ । उत्तर कोरियाले सन् २००६, २००९ र २०१३ देखि केही महिनाको फरकमा विभिन्न किसिममा आणविक बमको परिक्षण गरिरहेको छ । उसँग कति आणविक हतियार छन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
अहिले विश्वलाई आणविक बम मुक्त बनाउनुपर्ने आवाजको उठान भइरहेको छ । कतिपय देशले आफू सुरक्षित रहनका लागि आणविक हतियार अनिवार्य भएको बताउँदै आएका छन । यद्यपी उनीहरु आणविक हतियार नभएपछि असुरक्षित भएको महशुस गर्दछन् । उनीहरु आफ्नो कामप्रति जति गर्व गर्दछन् त्यति नै त्रसित हुने गरेका छन् । यतिसम्म कि उनीहरु आफ्नै देश ध्वस्त पार्न पनि काफी हुन्छ ।
पछिल्ला दिनमा आएर परमाणु हतियारको मामिलामा विश्व चिन्ताको विषय बन्ने गरेको छ । विश्वमा युरोनियमको सञ्चय १६ सय टन पुगिसकेको छ । जुन ६० हजार बम बनाउन पर्याप्त हुन्छ । अहिले विश्वलाई आणविक बम मुक्त बनाउनुपर्ने आवाजको उठान भइरहेको छ । कतिपय देशले आफू सुरक्षित रहनका लागि आणविक हतियार अनिवार्य भएको बताउँदै आएका छन । यद्यपी उनीहरु आणविक हतियार नभएपछि असुरक्षित भएको महशुस गर्दछन् । उनीहरु आफ्नो कामप्रति जति गर्व गर्दछन् त्यति नै त्रसित हुने गरेका छन् । यतिसम्म कि उनीहरु आफ्नै देश ध्वस्त पार्न पनि काफी हुन्छ ।
विश्वमा ठुलठूला राष्ट्रहरुले निर्माण गरेका आणविक बमको प्रयोग कसले किन गरे ? भन्नेमा आ–आफ्नै बुझाई छन् । इतिहासकारको भनाईलाई आधार मान्ने हो भने सन् १९४५ मा अर्थात् दोस्रो विश्वयुद्धका समयमा पहिलो पटक आणविक हतियार निर्माण र प्रयोग भएको मानिन्छ । सन् १९४५ को जुलाई १६ को विहान अमेरिकाले एक विशाल परियोजना अर्थात् लगभग अपत्यारिलो विध्वंसात्मक शक्तिशाली विस्फोटकको निर्माण गरिरहेको खुलासा गरेको थियो । त्यसपछि विश्वका देशहरुको ध्यान अमेरिकामा गयो । परियोजना निर्माणका लागि रुसवेल्टले २ अर्व डलर बजेट खर्च गरेका थिए । यो मावन इतिहासकै सवैभन्दा अप्रत्यारिलो र डरलाग्दो कुरा थियो । त्यसलाई शान्तिपूर्णरुपमा कहाँ प्रयोग गर्ने भन्नेमा अमेरिका दुई धुव्रमा थियो ।
विभिन्न देशमा रहेको आणिविक हतियारलाई हेर्दा भोलिका दिन निकै चुनौतिपूर्ण रहेका छन् । जुनवेला मानिसहरु अरु देशको अस्तित्व स्वीकार गर्न नसक्ने अवस्था आउँछ त्यसबेला ती हातहतियार प्रयोग गर्नेछन् र त्यसपछि यो श्रृष्टिबाट सवै सखाप हुने छन् । त्यसैले जुन देशमा आणुहरु सञ्चय छन्, ती देशहरुको पहिचानसहित निर्माण गरिएका आणविक बम निक्रिय गरी विश्वलाई आणविक बम मुक्त बनाउन सवै एक भएर लाग्नुपर्दछ ।
यतिसम्म की परियोजना सञ्चालक र देशका प्रमुख जिम्मेवारी समालिरहेका ब्यक्तिबीच निकै विवाद भएको थियो । राष्ट्रपति ह्यारी ट्युम्यानले पहिलो बम प्रयोग जापानमा गर्ने भनेका थिए भने परियोजना निर्माणका रुसवेल्टले जर्मनमा प्रयोग गर्ने भनेका थिए । अन्ततः राष्ट्रपतिको निर्णयलाई नै आत्मसाथ गरियो । सन् १९४५ अगस्ट ६ विहान सवा ८ बजे विश्वमा पहिलो आणविक बम जापानमा खसालिएको थियो । राष्ट्रपति ट्युम्यानको प्रत्यक्ष एकल निर्देशनमा त्यो काम गरियो र अमेरिकाले आगामी दिनमा विश्वलाई कब्जा लिने एक क्रुर निर्णय भएको भनाई सार्वजनिक ग-यो । आफू राष्ट्रपति भएको चार महिनामै ह्यारीले जापानको हिरोसिमा र अर्को दोस्रो आणबिक बम नागासाकीमा खसाल्न लगाए । आणविक बमले संसारमा कहिल्यै नभएको संख्यामा मानिसहरुको मृत्यु भयो । दुवै ठाउँमा खसालिएको आणविक बमले आगोको मुस्लो उठ्यो । विकिरणको मारमा साढे दुई किलोमिटर क्षेत्रका भवनहरु परेका थिए । जमिनको तापक्रम झन्डै ४ हजार डिग्री सेन्टीग्रेट पुगेको थियो । मानिस, जीवजन्तु र वनस्पति त जल्ने नै भए धातु पनि पग्लिएको थियो । सो घटनाको अहिलेसम्म मर्ने मानिसहरुको तथ्यांकको कसैसँग एकरुपता छैन । दुईवटै सहरमा करिव २ लाख ८० हजार भन्दा बढी मासिनको मृत्यु भएको जापान सरकारको दावी रहने गरेको छ । त्यसपछि आणविक बमको प्रत्यक्ष मारमा जर्मनी र अस्टे«लिया पनि परे । उनीहरुको देशमा जापान जस्तो धेरै संख्यामा नागरिकले ज्यान गुमाउनु त परेन तर आणविक बमले के कति क्षति गर्दोरहेछ भन्नेमा आफूहरुले भोगको पीडा कहिल्यै भुन्न सक्दैनन् । त्यसपछि ट्युम्यानले भित्रभित्र अन्य देशका कुन–कुन स्थानमा प्रयोग गर्ने भनेर योजना बुनिरहेका थिए । युद्धमा होमिएका देशले तत्काल आफूहरुले ठुला–ठुला हातहतियार निर्माण गरी अन्य देशहरु आफ्नो कब्जामा लिन चाहन्थे । त्यसै अनुरुप उनीहरुको वीच आणविक बम निर्माण गर्न प्रतिस्पर्धा चलिरहेको छ । आहिले आफ्नो देशलाई कसरी सुरक्षित राख्न सकिन्छ वा बाहिरी हस्तक्षेपका विरुद्ध प्रतिकार गर्न ठुल–ठूला आर्ण्विक बमहरुको निर्माण गर्ने गरिएका छन । यसले विश्वलाई एक मिनेट मै ध्वस्त बनाउन सकिन्छ भन्ने थाहा छ तर त्यसले आफूलाई पनि सो ध्वस्तसँगै समाप्त हुन्छु भन्ने बारेमा कहिल्यै सोच्ने समेत गरेका छैनन् । यही अवस्था कायम रह्यो भने एक न एक दिन विश्व आणविक बमका करण सखाप हुनेछ ।
यसरी विभिन्न देशमा रहेको आणिविक हतियारलाई हेर्दा भोलिका दिन निकै चुनौतिपूर्ण रहेका छन् । जुनवेला मानिसहरु अरु देशको अस्तित्व स्वीकार गर्न नसक्ने अवस्था आउँछ त्यसबेला ती हातहतियार प्रयोग गर्नेछन् र त्यसपछि यो श्रृष्टिबाट सवै सखाप हुने छन् । त्यसैले जुन देशमा आणुहरु सञ्चय छन्, ती देशहरुको पहिचानसहित निर्माण गरिएका आणविक बम निक्रिय गरी विश्वलाई आणविक बम मुक्त बनाउन सवै एक भएर लाग्नुपर्दछ ।















प्रतिक्रिया