२९ आश्विन २०८३, बिहिबार

सीके राउतलाई किन राजद्रोही घोषित गर्दैन सरकार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Abinash-Budhathokiसंसारमा कुनै पनि शासक होस् या व्यक्ति, उसको आलोचना नभएको भेट्याउन सकिँदैन । नेपालको इतिहासमा तत्कालीन राजा पृथ्वीनारायण शाह एक ऐतिहासिक र अमर ब्यक्तित्व हुन् । जसले बाइसे र चौबीसे जस्ता भुरे राज्यलाई एकीकरण गरि एउटै राज्य, एउटै देश निर्माण गरे । आफूले आफूलाई खुबै क्रान्तिकारी र परिवर्तनकारी सम्झने माओवादीहरूले परिवर्तन के हो र कसरी हुन्छ त्यो बुझ्न सकेनन् । तत्कालीन शासकका शालिक भत्काउँदै तत्कालीन राजाका नामबाट सञ्चालित विद्यालय, अस्पताल, क्याम्पसका गेटमा लेखिएका नाम मेटाउन पनि पछि परेनन् । हाम्रा भावी सन्ततीले ती व्यक्तिका नाम देख्दा इतिहास पल्टाउनेछन् । यस्ता तत्कालीन शासकका नामबाट सञ्चालित कुनै पनि क्षेत्र भोलिका दिनमा ऐतिहासिक यही मानेमा हुनेछ । इतिहास मेटाएर परिवर्तन कुनै हालतमा हुँदैन । परिवर्तनका लागि इतिहासलाई जिवित राखि परिवर्तनकारी आफैंले इतिहास भजाउन सक्नुपर्छ ।

हिजोका दिनदेखि नेपाल स्वतन्त्र देश रहँदै आएको छ । कुनै समय बेलायती शासकको उपनिवेसको चटारोमा भारत रहँदा नेपाल आफ्नो स्वतन्त्रतामा रह्यो तर कसैको दासी अर्थात् उपनिवेशमा परिणत भएन । नेपालको इतिहास लिच्छवीकालदेखि अहिलेसम्म ऐतिहासिक रहेको भए पनि पछिल्लो चरण नेपालको शासकीय परिवर्तन हुँदै जाँदा वाह्य शक्तिले नेपालमा आफ्नो प्रभुत्व जमाएका छन् । साम्राज्यवादी र विस्तारवादीहरूले साना र कमजोर राष्ट्रमा विभिन्न वहानामा आफ्नो प्रभुत्व जमाउँदै आएका छन् । अमेरिकी साम्राज्यवादले इराक, पाकिस्तान, सोमालियालगायतका देशमा आतंक मच्याएर आफ्नो साम्राज्यवादी नीति प्रष्टाएको छ भने नेपालको वर्तमान परिस्थितिमा अमेरिकी साम्राज्यवाद र यूरोपियन यूनियनलाई हातमा लिएर भारतले नेपालमा नैतिक हमला गरिरहेको छ ।

भर्खरै पनि सीके राउतले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै भनेका छन्– जुनसुकै हालतमा तराई टुक्रिन्छ र तराईलाई छुट्टै राज्य होइन, छुट्टै देश बनाउँछु । तर राज्य कानमा तेल हालेर बसेको छ । भाषण र बोलीमा राष्ट्रियता देखाउँछ तर ब्यबहारिकरूपमा यसरी देश टुक्राउँछु भन्नेलाई किन देख्दैन् ? किन पक्राउ गरेर राजद्रोह अभियोग लगाउन सक्दैन ?

भर्खरै नाकाबन्दी गरेर नैतिक दबाबले अघोषित युद्धको संकेत दिएको छ । नेपालमाथि कुनै पनि शक्तिले सिधै भौतिक आक्रमणद्वारा कब्जा जमाउन नसक्ने भएकाले विस्तारवादी र साम्राज्यवादीहरूले आफ्नो नीति बदलेका छन् । नेपालसँग कसैको दुस्मनी नभए पनि नेपालसँग भएको स्रोत साधनलाई निशानी बनाएर नेपालको राज्य सत्ता, संसद्, केही राजनीतिक दललाई आफ्नो अधिनमा राखि नेपाललाई विकासबाट रोकी अस्थिरता पैदा गरी स्रोत साधनमा कब्जा जमाउन खोजि रहेका छन् । संसद्देखि अहिले राज्य सञ्चालन गरिरहेका प्रधानमन्त्री केपी ओली, नेकपा एमाले र एकीकृत माओवादीले खुलेआम त्यस्ता शक्ति र तिनका दलालसँग सामना गरिरहेका छन् । यो सरकारसँग यही कुरामा गर्व लाग्छ । झन् प्रधानमन्त्रीको भारत भ्रमण र चीन भ्रमण ऐतिहासिक हुँदा नेपाली हुनुको सानै बढेर आउँछ ।

यस्ता–यस्ता खुसीमा रमिरहँदा कथित मधेसी मोर्चा, साम्प्रदायिक आङ्काजी, दलाल बाबुराम र विखण्डनकारी सीके राउतहरुले एक्कासी रगत उम्लाईदिन्छन् । रिसले भाउन्न छुट्छ । अमेरिकामा आकर्षित कमाईका साथ रहेका सीके राउत एक्कासि नेपाल आएर नेपालको तराई भूभाग अलग गरी छुट्टै राज्य बनाउन केन्द्रित हुनु पछाडि कसको हात छ त्यो प्रष्ट छ । तत्कालीन शासकको पालामा जनताको मुक्तिको लागि उपन्यास, कविता लेख्दैमा जेल परेका, देखेका र आफैंले भोगेकाहरू आज आफैं शासक बनेका छन् । देश टुक्र्याउन सीकेले लेखेका मनोकल्पित, भ्रामक किताब बजारमा बिक्री भइरहेका छन् । सीकेहरू देश टुक्र्याउन तराईका विभिन्न जिल्लामा भूमिगत तयारी गर्दैछन् । सार्वजनिक स्थान, सञ्चारमाध्यमबाट बारम्बार देश टुक्राइ छाड्ने धम्की दिँदैछन् । तर १९ दिनको जनआन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका यी शासक संसारकै निकम्मा छन् ।

गणतान्त्रिक राज्य यतिसम्म निरीह भयो कि ठाउँठाउँमा नेपाल सरकार मेटेर मधेस सरकार लेखिँदा देखेन । मधेसका कतिपय ठाउँमा राष्ट्रिय झन्डा उखेलेर छुट्टै झन्डा गाडेको देखेन तर देख्यो त मधेस टुक्र्याउन ठाउँ ठाउँमा आमसम्मेलन गर्दै हिँड्ने एक देशद्रोही, विखण्डनकारी । सीकेको असुरक्षा र उसका अगाडि पछाडि नेपाल प्रहरी लगायो । तर पक्राउ गर्न सकेन । बरू सक्यो राष्ट्रिय एकता चाहने जनताबाट उसको ज्यान खतरामा परेपछि उसलाई पक्राउको नाममा प्रहरीद्वारा उसको घरसम्म पु-यायो ।

राष्ट्रिय झन्डाले राष्ट्र र राष्ट्रियता बोकेको हुन्छ । नेपालको कानुन अनुसार नेपालको झन्डा कसैले कम्मरदेखि मुनिको भागमा लगाउन, झन्डाको स्वरूप बिगार्न, विज्ञापनका लागि प्रयोग गर्न जस्ता कार्यमा निषेध गरिएको छ । यसो गरेको खण्डमा राज्यले अवस्था हेरि राजद्रोहको अभियोगमा पक्राउ पर्न सक्छ । तर नेपालमा कानुन कागजमा सिमित छ । मोडलिङको नाममा खुलेआम राष्ट्रिय झन्डा दुरुपयोग भइरहेको छ । सीकेहरूले झन्डाको स्वरूप बदलेका छन् तर हाम्रो राज्य निरिह छ ।

गणतान्त्रिक राज्य यतिसम्म निरीह भयो कि ठाउँठाउँमा नेपाल सरकार मेटेर मधेस सरकार लेखिँदा देखेन । मधेसका कतिपय ठाउँमा राष्ट्रिय झन्डा उखेलेर छुट्टै झन्डा गाडेको देखेन तर देख्यो त मधेस टुक्र्याउन ठाउँ ठाउँमा आमसम्मेलन गर्दै हिँड्ने एक देशद्रोही, विखण्डनकारी । सीकेको असुरक्षा र उसका अगाडि पछाडि नेपाल प्रहरी लगायो । तर पक्राउ गर्न सकेन । बरू सक्यो राष्ट्रिय एकता चाहने जनताबाट उसको ज्यान खतरामा परेपछि उसलाई पक्राउको नाममा प्रहरीद्वारा उसको घरसम्म पु-यायो ।

भर्खरै पनि सीके राउतले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै भनेका छन्– जुनसुकै हालतमा तराई टुक्रिन्छ र तराईलाई छुट्टै राज्य होइन, छुट्टै देश बनाउँछु । तर राज्य कानमा तेल हालेर बसेको छ । भाषण र बोलीमा राष्ट्रियता देखाउँछ तर ब्यबहारिकरूपमा यसरी देश टुक्राउँछु भन्नेलाई किन देख्दैन् ? किन पक्राउ गरेर राजद्रोह अभियोग लगाउन सक्दैन ? हुन् त अहिलेको सरकार विभिन्न विचारधारका शक्ति मिलेर बनेको छ । कुनै समय सुशील कोइरालाको नेतृत्व रहेको सरकारमा गृहमन्त्री बामदेव गौतम थिए । बामदेव गौतमको ठाडो आदेशमा सीके राउतलाई पक्राउ गरिँदा उनको नैसर्गिक अधिकार खोज्ने बाबुराम प्रचण्ड लगायत कथित मानवअधिकारीवादी संस्था र केही ब्यक्ति अझै जिवित छन् भने प्रचण्ड आफैं सरकारमा सामेल मात्र नभएर गृहमन्त्री जस्तो पावरफूल मन्त्रालय आफ्नै अनुकूल पार्न सफल भएका छन् ।

नेपालका हरेक समस्या आत्मकेन्द्रीत गर्ने युवा संघ नेपालको आफ्नो छुट्टै इतिहास छ । तत्कालीन माओवादीको अन्याय, अत्याचार र दमनविरुद्ध होस् या तत्कालीन शाही राज्य विरुद्धका आन्दोलनदेखि राष्ट्रियता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र सम्मृद्धि र विकासको आवाज उठाउँदै आएको मात्र नभएर प्राप्तिको लागि लड्दै आएका युवा नेताहरूको गौरवमय नेता संगठन हो युवा संघ । पछिल्लोचरणमा नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकार हुँदा लिपुलेक काण्ड बिरुद्ध आवाज उठायो, भारतीय नाकाबन्द विरुद्ध नेपाल र नेपाल बाहिर विभिन्न देशमा रहेका भारतीय दूतावासलाई विभिन्न खालको दबाउ दियो, राज्यको पहुँच युवा माझ पु¥याउन राष्ट्रिय युवा परिषद् स्थापना गराई छाड्यो । कालाबजारी विरुद्ध खबरदारी ग-यो, कथित मधेसी मोर्चाले तराईमा छरेका भ्रम चिरि छोड्यो, भारतीय दलाल कथित उपेन्द्र, महन्थ र राजेन्द्रको राजनीति सिध्याएर तराईका जनतालाई जागरूक बनाउन मात्र होइन कस्ता–कस्ता दलाल र शासकलाई ठीक पारिसकेको युवा संघ नेपालले अब देशद्रोही कथित सीके राउतलाई कुनै हालतमा छोड्ने छैन ।

युवा संघ नेपाल कानुनलाई हातमा लिँदैन । तर बारम्बार सीके राउतले आफ्नै देश टुक्राउँछु, आफ्नै जन्मभूमी आमालाई बलात्कार गर्छु भन्दै सार्वजनिक रूपमा बोल्ने र त्यस्तै गतिविधि गर्दै आएको धेरै भइसकेको छ । भर्खरै एउटा टेलिभिजनमा राज्यलाई मात्र नभएर सिंगो देशप्रेमी नेपालीलाई फेरि चुनौती दिएको छ । तसर्थ युवा संघ नेपालले आफ्ना नेता कार्यकर्तामार्फत सीके राउतलाई पक्राउ गरी देशद्रोहको किटानी जाहेरीसहित नेपाल प्रहरीलाई बुझाउनेछ । यदि यो विषयमा वर्तमान राज्यले पनि वेवास्ता ग¥यो वा सम्मानित अदालतले चोख्याउने हरकत ग¥यो भने युवा संघ नेपाल समय र परिस्थिति बुझेर जस्तालाई त्यस्तै ढिँडालाई निस्तै ब्यबहार गर्न पछि पर्ने छैन ।

हामीले देख्दै र सहँदै आएका छौं, प्रशासन र सम्मानित अदालतको क्रियाकलाप ! सार्वजनिक ठाउँमा साम्प्रदायिक गतिविधि देखाउने आङकाजी शेर्पालाई कुन आधारमा निर्दोष भेटियो ? बालकृष्ण जस्ता कुख्यात अपराधीलाई सम्मानित अदालतले सजाय फैसला गरेको वर्षौं भइसक्दा किन प्रहरी प्रशासन मौन छ ? यो भन्दा अगाडि सीके राउतलाई कुन आधारमा निर्दोष सावित ग¥यौ सम्मानित अदालत ? अब फेरि पनि यस्ता समाजका साम्प्रदायिक, विखण्डनकारी, देशद्रोही अपराधीलाई केही लालचमा चोख्याउने कुचेष्टा ग¥यौ मात्र भने जनताले तिमी माथि सजायँको फैसला गर्नेछन् ।