२९ आश्विन २०८३, बिहिबार

प्रवासीको नजरमा प्रधानमन्त्री ओली र मुलुकको भविष्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shree krishna rautनेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको भविष्य निर्माणका लागि संघर्षरत हुनुहुन्छ । हुन त उहाँको जिन्दगी चट्टानमा उम्रिएको रुख जस्तै संघर्षमयी र कठिन अवस्थाबाट गुज्रिएको पाइन्छ ।

विकट पहाडी जिल्ला ते-हथुममा जन्मिएका ओली पञ्चायतबिरुद्धको संघर्ष र कम्युनिस्ट आन्दोलनमै जीवन समर्पण गरिसक्नुभएको छ । उहाँले प्रजातान्त्रिक आन्दोलनका लागि १४ वर्ष जेल जीवन विताउनुभएको थियो । संघर्षमय जीवनमा पार्टीभित्र कडा प्रतिस्पर्धाका बीच पार्टी अध्यक्ष र त्यसपछि संसदीय दलको नेता चयन हुनुभएका ओलीले अहिले सरकारको नेतृत्व गरिरहनुभएको छ । मिर्गौला प्रत्यारोपण गरी शारीरिक पीडाकै बीच उहाँले मुलुकलाई हाँक्दै हुनुहुन्छ ।

मुलुकलाई हाँक्ने जिम्मेवारी पाउनुअघिसम्म उहाँले थुप्रै संघर्षहरु गर्नुपरेको थियो । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग भएको भद्र सहमति पालना नभएपछि उहाँले आफूलाई मुलुकको नेतृत्वदायी स्थानमा पु¥याउन ठूलै संघर्ष गर्नुप¥यो । संसद्मा रहेका धेरै दलको समर्थन जुटाउन गर्नुभएको कठिन संघर्षसँगै भारतीय नाकाबन्दी हटाउन र तराईमा भएको आन्दोलनलाई निस्तेज बनाउन पनि उहाँले संघर्ष नै गर्नुप-यो ।

राजनीतिक रुपमा मुलुक दुई ध्रुवमा बाँडिएको समयमा उहाँले मुलुकको नेतृत्व लिन संसदमा रहेका साना दलको पनि साथ लिन सफल हुनुभयो । केही मधेसी दल, हिन्दू राज्य र राजतन्त्रको वकालत गरिरहने राप्रपा नेपाल जस्ता दललाई एकै ठाउँमा ल्याउनु चानेचुने कुरा थिएन । ति सबैलाई समायोजन गर्न उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।

सरकारको नेतृत्व गर्नुअघि उहाँलाई उखान टुक्कामा रमाउने नेताको पगरी दिनेहरुलाई केही गरेर देखाउनुपर्ने चुनौती थियो । ती चुनौती सामना गर्न उहाँले सबैभन्दा पहिला भारतीय नाकाबन्दीको अन्त्य गर्नुपर्ने थियो । नाकाबन्दी अन्त्य नभएसम्म भारत भ्रमणमा नै जान्न भन्दै सार्वजनिक अभिव्यक्ति दिएर चर्चा कमाउनुभएका ओलीले आफ्नो अडानअनुसार नै भारतलाई नाकाबन्दी खुलाउन बाध्य पार्नुभयो । त्यसैगरी राष्ट्रियताको पक्षमा खरो रुपमा उभ्याउन सफल हुनुभएका प्रधानमन्त्री ओलीले चीन भ्रमणमा गएर नेपाललाई दीर्घकालीन रुपमा धेरै फाइदा हुने महत्वपूर्ण सम्झौताहरु गर्नुभएको छ । उहाँले गरेका कामलाई लिएर अहिले प्रशंसा भइरहेका छन् । त्यति मात्र होइन ओलीको बोलीलाई उखानको मात्र संज्ञा दिनेहरुको मुखसमेत बन्द भएको छ ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माणको काममा ढिलाई भएको स्वीकारसमेत गर्नुभएको छ । यो उहाँको महानता नै हो । किनकी आफैंले नेतृत्व गरेको सरकारले काम गर्न सकेन भन्ने हिम्मत अहिलेसम्म नेपालका कुनै पनि प्रधानमन्त्रीले गर्न सकेका छैनन् । त्यसै गरी कालोबजारी नियन्त्रणमा पनि उहाँले पटकपटक सम्बन्धित निकायहरुलाई निर्देशन दिइसक्नुभएको छ ।

प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमणका क्रममा दुवै देशले उहाँलाई उच्च सम्मान दिएका छन् । यसले प्रधानमन्त्री ओलीको मात्र नभई सबै नेपालीको शीर ठाडो बनाउन सहयोग पुगेको छ । त्यसैगरी भारतको बेवास्ता गर्दै उहाँले चीनसँग गरेका दीर्घकालीन महत्वका सम्झौता गरी नेपालीलाई सार्वभौमसत्ता सम्पन्न मुलुकको पहिचान दिलाउन सफल हुनुभएको छ ।

भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले जनताका आवाजलाई ध्यानमा राखेर पुनर्निर्माणको काममा सक्रियता बढाउन निर्देशन दिइसक्नुभएको हो । प्रधानमन्त्री ओलीले पुनर्निर्माणको काममा ढिलाई भएको स्वीकारसमेत गर्नुभएको छ । यो उहाँको महानता नै हो । किनकी आफैंले नेतृत्व गरेको सरकारले काम गर्न सकेन भन्ने हिम्मत अहिलेसम्म नेपालका कुनै पनि प्रधानमन्त्रीले गर्न सकेका छैनन् । त्यसै गरी कालोबजारी नियन्त्रणमा पनि उहाँले पटकपटक सम्बन्धित निकायहरुलाई निर्देशन दिइसक्नुभएको छ ।

भूकम्प र नाकाबन्दीले थिलथिलो बनेको नेपाली समाजको पुनर्उत्थानका लागि प्रधानमन्त्रीले सकारात्मक पहल गर्दै जनतामा नयाँ उत्साह छर्ने काम शुरु गरिसक्नुभएको छ । जताततै अस्तव्यस्त भएको मुलुकलाई सम्हालेर एकै पटक स्वर्ग बनाउन सकिने पक्कै पनि होइन । तर त्यसको शुरुआतका लागि केही सकारात्मक कामको थालनी गर्नु नै ठूलो कुरा हो । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल शुरु गरेको छोटो समयमै जनतामा विश्वासको वातावरण दिलाउन र सकारात्मक सन्देश दिन सफल हुनुभएको छ ।

एक वर्षभित्र देशलाई लोडसेडिङ मुक्त पार्ने, काठमाडौंमा मेट्रो रेल गुडाउने, फोहोरबाट ग्याँस निकाल्ने र घरघरमा पाइपलाइनबाटै ग्याँस पु-याउने प्रधानमन्त्रीका योजना पक्कै पनि चुनौतीपूर्ण छन् । तर सपना नदेखि कुनै पनि काम गर्न सकिँदैन भन्दै प्रधानमन्त्रीले जनतामा ठूलो उत्साह सिर्जना गरिदिनुभएको छ । उहाँका यी योजनालाई सफल पार्नु सबै नेपालीको कर्तव्य हुने छ ।

मुलुकलाई भ्रष्टाचारको जालोले नराम्ररी गाँजेको छ । यसतर्फ पनि प्रधानमन्त्री ओलीले केही सकारात्मक सन्देशहरु दिन थालिसक्नुभएको छ । मुलुक पुनर्निर्माणको क्रममा कहिँ कतै भ्रष्टाचार भए त्यसलाई माफी दिन नसकिने भन्दै उहाँले कर्मचारीहरुलाई काममा दत्तचित्त भएर लाग्न निर्देशन दिनुभएको छ । यसले पनि उहाँले अब मुलुकको पुनर्निर्माणमा सक्रियता देखाएको संकेत दिइसकेको छ ।

आफ्नो स्वास्थ्यको ख्यालसमेत नगरी प्रधानमन्त्री ओलीले मुलुक पुनर्निर्माण, भ्रष्टाचार नियन्त्रण, कालोबजारी अन्त्य गर्ने उत्साहका साथ कार्यक्षेत्रमा सक्रिय रहनुभएको छ । उहाँले प्रधानमन्त्री भएलगत्तै केही महत्वाकांक्षी योजनाहरु पनि सार्वजनिक गरिसक्नुभएको छ । एक वर्षभित्र देशलाई लोडसेडिङ मुक्त पार्ने, काठमाडौंमा मेट्रो रेल गुडाउने, फोहोरबाट ग्याँस निकाल्ने र घरघरमा पाइपलाइनबाटै ग्याँस पु-याउने प्रधानमन्त्रीका योजना पक्कै पनि चुनौतीपूर्ण छन् । तर सपना नदेखि कुनै पनि काम गर्न सकिँदैन भन्दै प्रधानमन्त्रीले जनतामा ठूलो उत्साह सिर्जना गरिदिनुभएको छ । उहाँका यी योजनालाई सफल पार्नु सबै नेपालीको कर्तव्य हुने छ । प्रधानमन्त्रीको दीर्घजीवनको कामनासहित उहाँले सार्वजनिक गर्नुभएका योजना कार्यान्वयन गर्न सबै नेपालीले हातेमालो गरे नयाँ नेपाल निर्माण अवश्यम्भावी छ ।

(राउत, प्रवासी नेपाली मञ्च युएईको प्रचार विभागमा हुनुहुन्छ ।)