– नरेश केसी
भैरहवा, १८ चैत । भारतीय पर्यटकलाई पोखरामा आमन्त्रण गर्ने ध्ययेले भारतको विभिन्न शहरमा कार्यक्रम लिएर गएको पश्चिमान्चल होटल एसोशियसनको टोली ४ दिने यात्रा पश्चात विहीबार स्वदेश फर्केको छ ।
पश्चिमान्चल होटल एशोसियसनका अध्यक्ष भरत पराजुलीको नेतृत्वमा चलीए पोखरा भन्ने अभियान सहित गएको टोलीले उत्तर प्रदेश भारतको मुख्य तीन शहरमा नेपालको पर्यटन क्षेत्रको बारेमा व्यापक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । टोलीले चैत्र १५ गते कानपुरको मुख्य केन्द्र स्वरुपनगर स्थित मन्दाकिनी प्लाजामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा कानपुर क्षेत्रका पत्रकार, होटल व्यवसायी, ट्राभल्स एण्ड टुर अपरेटर र पर्यटन क्षेत्र सरोकारवालाहरुको उपस्थिीति रहेको थियो ।

यसैगरी टोलीले उत्तरप्रदेशको राजधानि लखनऊमा प्रदेश सरकारका मन्त्रीद्वय राजपाल कस्यम र नफिस अहमदको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय सरकारका मन्त्री कस्यमले नेपालीहरु विश्वमै जत्ति विश्वसनीय र इमान्दार छन् त्यत्ति नै त्यहांको प्राकृतिक सौन्दर्यता भएको भन्दै छिट्टै नेपाल भ्रमण गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमका अर्का उत्तर प्रदेश सरकारका श्रम मन्त्री नसीम अहमदले सन् १९९८ मा आफुले नेपाल भ्रमण गर्दाको क्षण सम्झदैं विश्वकै सुन्दर शहर नेपाल मिहेनती र इमान्दारहरुको देश भएको भन्दै खुलेर नेपाल र नेपालीको प्रशंसा गरेका थिए ।
लखनऊको होटल दीप प्लाजामा भएको चलीए पोखरा कार्यक्रममा भाग लिदैं भारतीय समाजबादी पार्टिका वरिष्ठ नेता तथा विधानसभा परिषद सदस्य उदय वीर सिंह ले दुखःमा पनि हार्दिकतापुर्वक अतिथीको स्वागत सत्कार गर्ने नेपाली र सधैं अरुको सुखः चाहने नेपालको भ्रमण गर्न उत्तर प्रदेश सरकारका मुख्यमन्त्री अखिलेश्वर सिंह पनि इच्छुक रहेको बताउदैं भुकम्पको राहत लिएर आफु सहित भारतीय सरकारका प्रतिनिधी नेपाल जादां पीडाका बीच पनि नेपालीहरुको इमान्दारीता र हसिलोपनबाट आफु प्रभावित भएको बताए ।

समाजवादी पार्टिका अर्का प्रभावशाली नेता आरीफ हसीमले विना भिषा, विना रोकतोक सजिलै थोरै बजेटमा नेपालको प्राकृर्तिक सौन्दर्य र इमान्दार सोझा तथा शालिन नेपालीको आतिथ्यता स्वीकार्न जिवनमा एकपटक पोखरा नेपालको भ्रमण गर्नुपर्नेमा जोड दिए । लखनऊको कार्यक्रममा बोल्दै भारतीय नेताहरु निरज यादव, बन्दना प्रसादले नेपाल भ्रमण गरेपछि पुरै विश्वको भ्रमण गरे जस्तै हुने विश्वास व्यक्त गरेका थिए ।
चलीय पोखराको टोली लखनऊ पश्चात उत्तर प्रदेशको अर्को शहर बनारसमा पनि वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बनारसको होटल सिटी ईनमा बनारस होटल एशोसिएसनका अध्यक्ष देवेन्द्र सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सिंहले नेपाल दक्षिण एशियाकै स्वीजरल्याण्ड भएको बताउदैं सबै भारतबासीले पोखराको प्राकृतिक सौन्दर्यता, हिन्दू धर्मको धरोहर पशुपतिनाथ, बुद्धको जन्मस्थल लुम्बिनी, मुक्तिनाथ, स्वर्गद्वारीको भ्रमण गर्नाले जीवनमा खुसी मिल्ने तर्क गर्दै नेपाल भ्रमणमा जान सबै भारतीयलाई अनुरोध समेत गरे ।
कानपुर, लखनऊ र बनारसमा भएको चलीए पोखरा कार्यक्रमका सबै ठाऊमा पश्चिमान्चल होटल एशोसियसनका अध्यक्ष भरत पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पश्चिमान्चल होटल एशोसियसनका भुपु अध्यक्ष विप्लप पौडेल, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराई, सिद्धार्थ ट्राभल्स एण्ड टुर एजेन्टका अध्यक्ष सागर अधिकारीले पोखराको प्राकृतिक सौन्दर्यताको बारेमा प्रकाश पार्दै नेपालको पर्यटकीय महत्व र यथार्तको बारेमा प्रकाश पारेका थिए ।

टोलीमा नेपाल भारत मैत्री समाजका अध्यक्ष श्रीचन्द गुप्ता, रेबन पोखराका महासचिब लक्ष्मण बराल, तेशा पोखराका अध्यक्ष चन्द्र पौडेल, सान भैरहवाका उपाध्यक्ष किशोर जोसी, एगा पोखराका अध्यक्ष पुस्कल बहादुर थापा, पत्रकार महासंघ पोखराका सचिव त्रिभुवन पौडेल लगायत होटल, ट्राभल, ट्रेकिंग तथा पत्रकार र पर्यटन ब्यवसायीहरुको सहभागीता रहेको थियो ।
टोलीले विहीबार स्वदेश फर्कि सीमावर्ति शहर भैरहवामा पत्रकार सम्मेलनगरी भारत भ्रमण सफल भएको र भारतीय पर्यटक नेपाल आउन इच्छुक भएको टोलीका नेता भरत पराजुलीले बताए ।
टोलीलाई भैरहवामा पर्यटन कार्यलय भैरहवाका प्रमुख ख्याम बहादुर थापा, सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष सिपी श्रेष्ठ लगाय, बरिष्ठ पत्रकार चेतन पन्त लगाउतले स्वागत गर्दै चलीए पोखरा कार्यक्रमले नेपालको पर्यटन प्रबद्र्धनमा ठूलो टेवा दिएको विश्वास व्यक्त गरेका थिए ।
पोखरामा नया वर्ष २०७३ को अवसरमा अप्रील १० देखी १४ तारिख सम्म विशेष प्याकेज कार्यक्रम पनि तय गरेको होटल एशोसिएसनले जनाएको छ ।



















प्रतिक्रिया