१ कार्तिक २०८३, आइतबार

बहुमूल्य बनस्पति उत्पादनबाट मनग्ये आम्दानी, एक वर्षमै बने लखपति

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-gaire

– विकाश पराजुली
बुटवल, १८ चैत । समाजसास्त्रमा स्नाकोत्तर उत्र्तीण गरेका हरि गैरेले करिब ३ बर्ष पहिला रुपन्देहीको मानपकडी गाविसमा ३ विघा क्षेत्रफलमा तरकारी खेती गर्दथे ।

जग्गा लिज(भाडा)मा लिएर तरकारी खेती गर्दै आएका गैरेको मनमा एकदिन अनौठो कुरा खेल्यो, नेपालमा भएका केही बहुमुल्य जडिबुटीको बारेमा सुन्दै, पढ्दै आएका उनले त्यतिबेला नै सोच बनाए- ‘अब, तरकारी खेती होईन, बहुमुल्य जडिबुटीको खेती गर्छु ।’

करिब ३ बर्षदेखि गर्दै आएको तरकारी खेती चट्क्क छाडेर गैरेले वि.स.२०७० सालमा अन्य ३ जना लगानीकर्ताको सहयोगमा बुटवल–१४ बेलबासमा ‘ग्रीन एन्जल एग्रो एण्ड रिसर्च सेन्टर’ नामको संस्था दर्ता गरे र सोहीबाट बहुमुल्य जडिबुटीका विरुवा उत्पादनतर्फ लागे । उनी भन्छन्- ‘विभिन्न तालिमहरुमा जाँदा नेपालमा रहेका बहुमुल्य जडिबुटीको खेती गर्न सकिन्छ भन्ने सोच पलायो, अनी तरकारी खेती छोडेर यसतर्फ तानिए ।’

‘कुराको खेती होईन, खेतीका कुरा गरौ’ भन्ने मुल नाराको साथ स्थापना भएको त्यहि रिसर्च सेन्टरले अहिले बार्षिक ३० लाख रुपैयाँ बराबरको बहुमुल्य जडिबुटी(बनस्पती)का विरुवाहरु विक्रिगर्दैै आएको छ ।

विस २०७० साल फागुन महिनामा स्थापना भएको उनीहरुको संस्थाले अहिले बहुमुल्य बनस्पतीहरु बौद्ध धर्माबलम्बीहरुले मालाको रुपमा प्रयोग गर्ने बोधिचित्त, श्रीखण्ड, अगर उड, मेकाडामियानट(जापानीज कटुस), हिन्दुहरुले मालाको रुपमा प्रयोग गर्ने ‘रुदाक्ष’का विरुवा उत्पादन गरेर विक्रि वितरण गर्दै आएका छ ।

मीनप्रसाद आत्रेय, धतानन्द भुषाल, धनप्रसाद कण्डेल,आफु स्वयम् हरि गैरे गरी ४ जनाको लागानी रहेको छ । संस्थाको प्रबन्ध सञ्चालकको रुपमा रहेका हरी गैरेले भने– ‘करिब २० लाख रुपैयाँ बराबरको लागानी गरेका छांै, जसबाट बार्षिक करिव ३० लाख बराबरको कारोवार हुदै आएको छ ।’ अहिले खासै नाफा नभएको भएपनि उनले भविश्यमा पक्कै पनि राम्रो हुने आशा राखेका छन् । संस्थाले अहिले बहुमुल्य बनस्पतीको विरुवा, विऊ विक्रि मात्र नगरी किसानहरुलाई निःशुल्क रुपमा माटो परिक्षण र माटो उपचारको लागि तालिम समेत प्रदान गर्दै आएको छ ।

सेन्टरको लागि चाहिने आवश्यक बनस्पतिको बिउ अधिकांश नेपाल र अन्य केही मात्रामा भारतबाट आयात गर्दैै आएका छ । ‘श्रीखण्ड, रुद्राक्ष, बोधिचितका विउ नेपालमा पाईन्छ, अन्य भने भारतबाट ल्याउनुपर्दछ,’ उनले भने । लुम्बिनी अञ्चलका सबै जिल्लाबाट विरुवाको लागि डिमान्ड आउने गरेको भन्दै उनले विरुवा पश्चिमको दाङ्ग, सल्यान, प्युठान र पुर्वमा धादिङ्ग, तनहुँ, म्याग्दी र कास्कीको पोखरा सम्म पुग्ने गरेको प्रबन्धक गरैको भनाई छ । विरुवा उत्पादनको लागि सेन्टरले गुल्मी जिल्लाको हर्दिेनेटा गाविस–५ लुम्छाको छापमा १२ रोपनी क्षेत्रफलमा नर्सिरी समेत स्थापना गरेको छ ।

अहिले बजारमा सबैभन्दा बढि ‘बोधिचित्त’ विरुवाको माग बढी छ । यो बर्ष करिव २० हजार विरुवा उत्पादनगरेको संस्थाले गत बर्ष करिव १५ हजार विरुवा उत्पादन गरेको थियो । जुन सबै बजारमा गएको हुनाले यस बर्ष थप ५ हजार गरी २० हजार विरुवा उत्पाद गरेको सेन्टरले जनाएको छ । बोधिचित्त विरुवाको बजार मुल्य अहिले प्रति विरुवा ५ सय रुपैया पर्छ भने, रुद्राक्षको ३ सय, श्रीखण्ड, रक्तचन्दन, अगर उडको ५ सय रुपैयाँमा विक्रि हुँदै आएको छ ।

बहुमुल्य बनस्पति बोधिचित्त सामुद्रीक सतह देखि ४ सय मिटर देखि २ हजार मिटर उचाई सम्म खेती सकिन्छ । भने रुद्राक्ष, श्रीखण्ड, अगरउड समुद्रीक सतह देखि २ हजार मिटर उचाई सम्म खेती गर्न सकिन्छ । यस्तै जापानीज बनस्पती मेकाडमेनट समुद्रीक सतह देखि १३ सय मिटर भन्दा उच्च क्षेत्रमा लगाउन सकिन्छ ।

मेकाडामेटनको फल नेपालमा एक किलोको ३ हजार भन्दा माथि मुल्य छ । भने बोधिचित्तको प्रतिगोटा ३ सय ५० पर्दछ । बोद्धिचित्तको नमुना पछिल्लो समयमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र मालेपाटन–५ पोखराले उत्पादन गर्दैै आएको छ । सेन्टरले आफ्नो नर्सरीबाट बर्षमा करिव ३ सय वटा विरुवा बोधिचित्त विक्रि गर्दै आएको छ ।

सेन्टरले बुटवलमा सानो नर्सरी स्थापना गरेको छ । भाडा मासिक ९ हजार तिरेर नयाँ जग्गा ढाई विघा जग्गा लिजमा लिएको छ । बुटवल–१४ बेलबासमा कार्यालय रहेको संस्थाले कार्यालय नजिकै जग्गा लिजमा लिएर कन्ट्याक्ट नर्सरी स्थापना गरेको छ ।

एसएलसी देखि व्यवस्थापनमा स्नाकोत्तर सम्म अध्यायन पुरा गरेका व्यक्तिहरुले लगानी गरेका छन् । यसको अलवा रिसर्च सेन्टरले माटो परिक्षण र माटो उपचारको लागि विभिन्न सहकारीहरुसंग मिलेर तालिम समेतप्रदान गर्र्दै आएको अध्यक्ष मिन प्रसाद आत्रेयको भनाई रहेको छ । निःशुल्क रुपमा तालि प्रदान गर्दै आएको छ ।

निःशुल्क रुपमा माटो परिक्षण शिविर सञ्चालन सहभागीहरुलाई निःशुल्क तालिम प्रदान गर्दै आएको छ । २१ दिनको तालिम लिनुपर्दछ । जसबाट जो कोहीले नि माटो परिक्षण गर्न सक्छन् । न्युनतम एसएलसी पास गरेको हुनुपर्ने प्रावधान रहेको छ । बहुमुल्य विरुवालाई प्रमोसन गर्ने यसलाई बढाएर अगाडी बढाउने प्रबन्ध निर्देशक हरी गैरे बताउछन् । यो बर्ष कागती, सुन्तला र जुनार थप्ने योजना रहेको छ । उनी भन्छन्–‘बजारको माग अनुसार अन्य विरुवा पनि थप्ने योजना छ, हामी पाल्पामा जग्गा पाऔं भने बार्षिक १ लाख विरुवा उत्पादन गर्ने योजनामा अगाडी बढेका छौ । ’
पल्पाको हार्थोकमा दिर्घकालिन कृषि फर्मको रुपमा नमुना नर्सरीको रुपमा स्थापना गर्ने योजना अगाडी बढाएको उनको भनाई रहेको छ ।

करिव ५ बर्ष पछि पिकनीक स्पटको रुपमा विकास गर्ने योजना अगाडी बढाएको छ । केही सिक्न चाहने व्याक्तिहरुको लागि खुल्ला पाठशालाको रुपमा विकास गर्न खोजिएको उनको भनाई छ । बोटानिकल गार्डेनको रुपमा अगाडी बढाउने योजना अगाडी बढाइएको छ । अहिले सम्म अनुदानको रुपमा केही नपाएको उनको भनाई छ ।

उनी भन्छन्–‘कृषि क्षेत्रमा बढि अनुदान छ, तर बन क्षेत्रमा छैन । उनी भन्छन्–‘हरेक क्षेत्रमा चुनौती छ,युवाहरुले भन्ने गरेका छन्–‘झाडीमा होईन खाडीमा पैसा छ, तर म भन्छु खाडीमा होईन झाडीमा पैसा छ, त्यहा बहुमुल्य जडिबुटीहरु छन्, जसले गर्दा झाडीमा पैसा फलाउन सकिन्छ ।’