२९ आश्विन २०८३, बिहिबार

गर्भ बोकाएर श्रीमान् भागेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

धनुषा । अन्तरजातीय प्रेम विवाह गरेको चार महिनापछि श्रीमान् फरार भएपछि धनुषामा एक दलित युवतीको विचल्ली भएको छ ।

नौ सय विघा गाविस ६ बस्ने २१ वर्षीय मन्जिरा  दासको अन्तरजातीय प्रेमबिवाह गरेका श्रीमानले गर्भ बोकाएर फरार भएपछि विचल्ली भएको हो । उनी न्याय पाउन पाँच महिने छोरो काखी च्यापेर प्रहरी प्रशासनमा पुगेकी छिन् ।

दलित परिवारको मन्जिरा आफ्नै गाउँका सम्बृद्ध परिवारका रामदयाल यादवका २३ वर्षीय छोरा विपीन यादवसँग प्रेममा परिन् । विपीन उच्च जातका केटा भएकाले गाउँ समाज एवं घरपरिवारमा दलित जातकी केटीसँग विवाह गर्दा स्वीकार गर्ने अवस्था थिएन ।

यो अवस्था नभएपछि उनीहरुले २०७१ मा सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए ।  विहेपछि समाजको डरले गाउँ नफर्केर आफूहरु विराटनगरमा डेरा लिएर बस्न थालेको उनको भनाइ छ ।

विवाह भएको चार महिनापछि मन्जिर गर्भवती भइन् । बच्चा भएपछि घरपरिवारले स्वीकार गर्ला भनेर आस पलाएकी मन्जिरा केही दिनमै एकाएक विपीन डेरा छाडेर फरार भएपछि समस्यामा परेकी छिन् । अन्नपूर्ण पोष्टमामा समाचार छ ।