काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य एवं विश्वकै उत्कृष्ट ठहरिएका पूर्व अर्थमन्त्री रामशरण महत घाइते भएका छन् ।
बुधबार साझ आफ्नै निवासको भर्याङ चढ्ने क्रममा अचानक लडेका महतको खुट्टा फ्याक्चर भएको हो ।
खुट्टाको गोलीगाठो नै फ्याक्चर हुँदा महत हिड्नै नसक्ने भएका छन् । उनको धापारीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको र शुक्रबार अपरेशन गर्ने तयारी चिकित्सकहरुले गरेका छन् ।












प्रतिक्रिया