नैरोबी (केन्या), १७ चैत । बुरुन्डीमा जारी रहेका हिंसात्मक गतिविधिका कारण पछिल्लो समयमा मानवअधिकार उल्लङ्घनका घटना बढेका छन् ।
विद्रोहीले बुरुण्डीमा हिंसा मच्चाएका छन् । उनीहरुले जारी राखेको हिंसाको नियन्त्रणका लागि सरकारी सेनाले पनि व्यापक मात्रामा कारबाही गर्ने गरेको छ ।
तर सो कारबाही हुने गरेपनि हतियारधारीले लुकिछिपी नागरिक र सुरक्षाकर्मीको हत्या गर्ने तथा सर्वसधारणमाथि हिंसात्मक आक्रमण पनि गर्ने गरेका छन् ।
उक्त हिंसाको अनुगमन पछिल्ला केही हप्तामा संयुक्त राष्ट्रसंघले सुरु गरेको समाचार छ । पछिल्लो सयममा यहाँ व्यापक मात्रामा हिंसा भएपछि पर्यवेक्षकका रुपमा संयुक्त राष्ट्रसङ्घले मानवअधिकारकर्मीको टोली पठाएको हो ।
दुई हप्ताअघि पुगेको संयुक्त राष्ट्रसङ्ंघीय मानवअधिकारकर्मीको टोलीले विद्रोहीका तर्फबाट तथा सरकारी सेनाले समेत गर्नसक्ने यस्ता हिंसाजन्य क्रियाकलापको अनुगमन गरी शान्ति स्थापनाका लागि आग्रह गर्ने गरेको बताइएको छ ।
पहिलो चरणमा गएको मार्च १ मा राष्ट्रसङ्घको तीन सदस्यीय टोली बुरुन्डीमा पुगी मानवअधिकार उल्लङ्घनका गतिविधि निरीक्षण गरिरहेकोमा गतहप्ता फेरि थप पठाइएको थियो ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले विज्ञप्ति जारी गरी थप अधिकारकर्मी त्यहाँ पठाइएको र उनीहरुले मानवअधिकारका घटना हनन् भएकोमा त्यसको अनुगमन थालेको जनाएको छ ।
उक्त टोलीमा अल्जेरिया, कोलम्बिया दक्षिण अफ्रिकाका मानवअधिकारकर्मी र विज्ञको समूह रहेका छन् । उनीहरुले विगत १० महिना यता बढ्दै गएको मानवअधिकार उल्लङ्घनका घटनाको निरीक्षण गरी शान्ति स्थापना कार्यमा सघाउने छन् ।
यसअघि गतसाता मात्र अफ्रिकन युनियनले १०० जना मानवअधिकारकर्मी पर्यवेक्षक र १०० सैन्य गतिविधि पर्यवेक्षण गर्ने अधिकारीसमेत गरी दुई सय जनालाई बुरुन्डी पठाउने निर्णय गरिसकेको छ । रासस/एएफपी















प्रतिक्रिया