८ कार्तिक २०८३, आइतबार

कराउने मात्र रहेछ यि मन्त्रीहरुको काम, महिला सांसद उफ्रिएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijay_Kumar_Gachedar

काठमाडौं, १७ चैत । अस्वस्थ छु भन्दै संसदको लेखा समितिलाई ढाँटेर कालो बजारी सम्बन्धी छलफल बहिष्कार गरेका आपूर्तिमन्त्री गणेशमान पुन चैत १४ गते आइतबार पोखराको वनभोजमा छमछमी नाचे ।

यता, सोमबार व्यवस्थापिका संसदको विकास समितिमा हुलाकी राजमार्गको पछिल्लो अवस्थाबारे ब्रिफिङ चल्दै गर्दा आयोजना प्रमुख बलराम मिश्रको ब्रिफिङ सकिन नपाउदै सांसद उफ्रिन थालि हाले ।

‘हुलाकी सडकको नाम सुन्दासुन्दा कान पाक्न लागिसक्यो, कहिले बनिसक्छ ? अझै कति झटको खेती गर्ने ?’ धनुषाका सांसद दिनेशप्रसाद यादव यसरी चिच्याउँदा उपप्रधानसहित भौतिक योजना मन्त्रालय सम्हालेका विजय गच्छदारले निराश नहुन आग्रह गरे ।

तर अर्कि सांसद कराउन थालिन् , ‘ तराइका जनता पनि नेपाली नागरिक हुन्, भारतीय होइनन् उनीहरुको जीवनस्तरसँग जोडिएको हुलाकी राजमार्गमा किन खेलाँची गरेको ?’ यसरी कराउनेचाँहि सर्लाहीकी रञ्जना सरकार हुन् ।

यसपछाडि चिच्याउने पालो आयो अतहर कमाल मुसलमानको- ‘भारतको मुख ताकेर मात्रै नबसौ, हामी आफैले बनाउने हिम्मत पनि गरौ, यो मार्ग मात्रै बनाउन सक्यो भने पनि मधेसमा जारी आन्दोलन मत्थर बनाउन ठूलो योगदान पुग्छ ।’

यसलगत्तै बोलेका विजयकुमार गच्छदार भन्दै थिए, ‘हुलाकी राजमार्ग सरकारको उच्च प्रथमिकता छ, भारतसँगको सम्झौता कायम रहुञ्जेल दुवैले आ–आफ्नो काम गर्नुपर्छ । हामी पुल बनाइरहेका छौँ, भारतले सडक बनाउने भनेको छ ।’

उनले अर्थमन्त्रालयसँग ५ अर्ब निकासाका लागि वातावरण बनाइदिन विकास समितिसँग आग्रह गर्न भ्याए । जनआस्था साप्ताहिकमा समाचार छ ।