१ कार्तिक २०८३, शनिबार

पूर्व मन्त्री चढेको विमान दुर्घटना, विमानमा सवार कोहीपनि बाँचेनन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biman-accident

काठमाडौं, १७ चैत । विमान दुर्घटना र अपहरणका घटनाले संसार नै त्रसित भइरहेका बेला बुधबार विहानै अर्काे दुःखद खबर प्राप्त भएको छ ।

यो खबर क्यानडाको हो । जहाँ एउटा सानो निजी विमान दुर्घटना हुँदा पूर्व यातायात मन्त्रीसहित सात जनाको मृत्यु भएको छ ।

Lapierre served twice
पूर्व यातायात मन्त्री जिएन लापिएर

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार पूर्वी तट क्युबेकको आइल्याण्डमा बुधवार भएको विमान दुर्घटनामा क्यानडाका पूर्व यातायात मन्त्री जिएन लापिएरसहित उनकी पत्नी, दुई भाई, बहिनी र चालक दलका सदस्यको मृत्यु भएको हो ।

५९ वर्षीय पूर्व यातायात मन्त्री लापिएर आफ्ना बाबुको अन्तिम संस्कारका लागि गाउँ जाँदै थिए । तर, लिस–डे–ला–माडिलिनी विमानस्थलमा भारी हिमपात र हावा चलेपछि विमान दुर्घटना भयो । र बुवाको अन्तिम संस्कार गर्न नपाई ज्यान गुमाउनुपर्यो ।

_88992174_canadamagdalen4640316

पिताको निधनले शोकमा डुबेको परिवारमा छोरासहित पुरै परिवारै दुर्घटनामा परेपछि लापिएर परिवार झनै शोकमा परेको छ भने देशनै शोकमा डुबेको छ ।

क्यानडाको सीटीभीमा राजनीतिक विश्लेषकका रुपमा कार्यरत लापिएरले सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म संसद सदस्यका रुपमा काम गरेका थिए ।