काठमाडौं, १७ चैत । सैनिक पोसाकमा नेपाली सेना आत्मनिर्भरताउन्मुख भएको छ । करिब १ लाख जनशक्ति रहेको सेना आन्तरिक उत्पादनबाटै ८ प्रकारका लत्ताकपडामा आत्मनिर्भर बनेको हो ।
फौजी चुस्ता, ज्याकेट, सर्टपाइन्टसहितका जंगी पोसाक, आन्तरिक तथा बाह्य बजारबाट खरिद गर्दै आएको सेनाले करिब साढे ४ लाख सेट मन्डी ९ब्ल्यांकेट०, झुल, ट्राउजर, गन्जी, ऊनीका मोजा, क्यापलगायत कपडा आफ्नै उद्योगबाट उत्पादन गर्दै आएको समाचार कारोबार दैनिकले छापेको छ।
आन्तरिक खपतबाहेक सेनाले सुन्धाराबाट सर्वसाधारणलाई पनि मन्डी बिक्री गर्दै आएको छ ।
सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीका अनुसार आगामी आर्थिक वर्षदेखि सेना ऊनीका स्विटर र प्लास्टिक नेमप्लेट पनि उत्पादनको तयारीमा छ ।
सेनाले केही साता अघिमात्रै काठमाडौं महानगरपालिकाभित्र ४ करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको कपडा उद्योग सञ्चालन अनुमति पाएको छ ।















प्रतिक्रिया