१६ कार्तिक २०८३, सोमबार

नेपाल निजामती कर्मचारी संगठनले थाल्यो चुनावी अभियान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मीन ठकुरी
धनगढी, १६ चैत । नेपाल निजामती कर्मचारी संगठनले धनगढीमा यही चैत २८ गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रचार प्रसार तथा परिचालन कार्यालय स्थापना गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठनलाई आधिकारिक ट्रेड युनियनको निर्वाचनमा विजयी गराउन उक्त कार्यालय स्थापना गरिएको हो ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रचार प्रसार तथा परिचालन कार्यालय स्थापनासँगै यहाँ चुनावी सरगर्मी पनि बढेको छ । नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सो संगठनलाई विजयी गराउन आफ्नो सक्रियता बढाउँदै लगेको संगठनका जिल्ला अध्यक्ष श्यामप्रसाद जोशीले जानकारी दिए ।

संघीतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक सहितको ट्रेड युनियन हाम्रो अभियान भन्ने मूल नाराका साथ नेपाल निजामती कर्मचारी संगठनले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको अध्यक्ष जोशीले जानकारी दिए ।

कैलालीमा नेपाल निजामती कर्मचारी संगठनले चुनावी प्रचार अभियान संचालन गरेपछि संगठनसँग आवद्धहुने कर्मचारीहरुको आकर्षण बढ्दै गएको निर्वाचन परिचालन कमिटिका संयोजक समेत रहेका जोशीले बताए ।

चुनावी प्रचार प्रसार अभियनाका क्रममा धनगढी आइपुगेका नेपाल निजामती कर्मचारी संगठनका सल्लाहकार तथा पूर्व केन्द्रिय अध्यक्ष भोलानाथ पोखरेलले निर्वाचन हार्ने मनस्थिती बोकेका संगठहरु निर्वाचन सार्नुपर्छ भन्ने षडयन्त्रमा लागेकोले तोकिएकै मितिमा निर्वाचन हुने बताए ।

यो निर्वाचनमा कुनै पनि ट्रेड युनियनको हार नहुने बताए । पोखरेलले भने लामो समयदेखि निजामती कर्मचारी तथा श्रेणी विहीन कर्मचारीको हकहीतमा यो संगठन लड्दै आएको स्मरण गराए ।

हाम्रो संगठनसँग बैचारिक मुद्धा छन्, कर्मचारीको हकहितका लागि लड्ने संगठन भएकाले संगठित र व्यवस्थित भएर आधिकारिक ट्रेड युनियनको निर्वाचन जित्ने नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य पुष्पराज जोशीले दाबी गरे ।

उनले नेपाल निजामती कर्मचारी संगठन इतिहास बोकेको संगठन भएको बताउँदै सेवाग्राहीको मन जित्न पनि यो संगठनमा लागेका कर्मचारीहरुले देखाएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनले मात्रै कर्मचारीका हकहित र अधिकारका कुरा सुनिश्चित गर्ने दाबी गर्दै सो संगठनका केन्द्रिय उपाध्यक्ष छत्र शाहले भने म दार्चुला, बैतडी, बझाङ्ग, कञ्चनपुर घुम्दा हाम्रो संगठन पहिलो नै देखिन्छ, कैलालीमा त्यही देखेको छु ।

सो संगठनका पूर्व केन्द्रिय सदस्य भुपेन्द्र थापाले संगठनको गति तिब्र हुँदै गएकोले आधिकारिक ट्रेड युनियनको निर्वाचन जित्छौं भन्नेमा म ढुक्क छु । आधिकारिक ट्रेड युनियनको निर्वाचनको माग हाम्रो संगठनको भएकोले हामीले आफ्नो संगठनलाई एक नम्बरको संगठन बनाउन जरुरी रहेको केन्द्रीय कार्य समिति सदस्य रामचन्द्र जोशीले बताए ।

पेशागत महासंघका अध्यक्ष जयदेब जोशी, कर्मचारी संगठनका पूर्व केन्द्रिय उपाध्यक्ष हरिलाल गिरी, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य श्यामनारायण यादब जिल्ला अध्यक्ष ईश्वरी प्रसाद भुषाल लगायतले यही २८ गते हुने निर्वाचनमा संगठनलाई एक नम्बरको बनाउन एमाले पार्टीका सबै जनबर्गीय संगठनको महत्वपूर्ण भुमिका हुने बताए ।

कैलालीमा एकहजार सदस्य रहेकोमा चार सय बढी सदस्य नेपाल निजामती कर्मचारी संगठनसँग आवद्ध रहेको बताइएको छ ।