पोखरा, १६ चैत । कास्कीको पोखरा उपमहानगरपालिकास्थित बुद्धचोकमा एक बच्चाको कम्मरमुनिको भाग मात्र विभत्स अवस्थामा भेटिएको छ ।
करिब तीन वर्षको जस्तो देखिने बच्चाको कम्मर मुनिको भाड अलपत्र अवस्थामा सडकमा भेटिएको हो । भुस्याहा कुकुरले घिसार्दै गरेको अवस्थामा बच्चाको आधा भाग देखिएपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
बच्चाको लिंग पहिचान नभएकाले पोस्टमार्टमपछि डिएनए परीक्षण गरिने कास्की प्रहरीले जनाएको छ । बच्चा कसको हो र कसरी त्यहाँ आइपुग्ने भन्नेबारेमा पनि अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया