२९ आश्विन २०८३, बिहिबार

महिलाहरु एकाएक किन न्यूड अवतारमा सडकमा उत्रिए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

protest-in-spain4_1459171

एजेन्सी । स्पेनमा हुँदैआएको साँढेजुधाई ‘बुलफाइट’ संसारकै चर्चित खेल हो । यो खेल हेर्न हरेक दिन विश्वका विभिन्न देशबाट २५ हजार मानिस यहाँ आउँछन् ।

तर, भर्खरैमात्र स्पेनको सडकमा देखिएको तमाशाले सबैलाई हैरान पारेको छ । यहाँ बुलफाइटको विरोधका लागि कैयौ मानिसले आफ्नो कपडा उतारेर न्यूड अवतारमा प्रस्तुत भएका छन् ।

protest-in-spain1_1459171

एनिमल राइट्स (पशु अधिकार)का लागि लड्ने एक्टिविस्ट्सले सेन्ट्रल मड्रिड सहरको सडकमा महिलाहरुलाई अण्डरवियर पहिरनमा सडकमा उतारेर बुलफाइटको विरोध गरेको हो । उनीहरुले आफ्नो विरोधमा बुलफाइट खेलका क्रममा साढे(गोरु)लाई हुने दुःखाई र पीडाको झल्को पनि दिएका छन् ।

त्यसका लागि विरोधमा उत्रिएका महिलाहरुले आफ्नो शरीरमा यस्तो रातो रंग लगाएका थिए जसमा मानिसको रगतजस्तै देखिएको थियो । साथै उनीहरुले अनुहारमा कैयौ कट निशान पनि बनाएका थिए ।

समाचार अनुसार बुलफाइटको विरोध पछिल्लो समय यहाँ बढेको छ । यो भन्दा पहिला स्पेनको वैलेन्शियामा हजारौं मानिसले बुलफाइटको विरोध गरेका थिए ।