बेइजिङ, १६ चैत । नेपाल र चीनबीच भएका सम्झौताले यो क्षेत्रको भूराजनीतिक चित्र नै परिवर्तन गर्ने दक्षिण एसिया मामिला हेर्ने प्रमुख चिनियाँ विज्ञले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल– चीन सम्बन्धमा नयाँ मोड दिनेगरी भएका सम्झौता–सहमतिले नेपाल, चीन र भारत तीनवटै देश लाभान्वित हुने बेइजिङका विज्ञको भनाइ छ ।
चीनको राज्य परिषद मातहत अध्ययन संस्थान ‘चाइन इस्न्टिच्युट अफ कन्टेम्पररी इन्रनेसनल रिलेसन्स’का दक्षिण तथा दक्षिणपूर्वी एसिया निर्देशक हु सिसेङका अनुसार बेइजिङमा सम्पन्न १० बुँदे सम्झौता र संयुक्त विज्ञप्तिका रुपमा आएको १५ बुँदे सहमतिमध्ये पारवहन खुला व्यापार क्षेत्र, अन्तरदेशीय विद्युत प्रसारण लाइन र यातायात सञ्जाल निर्माण निकै महत्वपूर्ण हुन् ।
सम्झौताबारे चिनियाँ विज्ञले प्रशंसा गरेपनि भारतका विज्ञहरुले भने आलोचना गर्दै लागु नहुने दाबी गरेका छन् । नागरिकमा समाचार छ ।
















प्रतिक्रिया