८ कार्तिक २०८३, आइतबार

गोरखामा स्कुल बनाउन पुगेका ह्यारीको सातो नै गयो, विद्यार्थीसँग यो के गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विगत चार दिनदेखि बिद्यालय भवन पुनर्निर्माणमा सघाउन गोरखाको लापुवेशीमा बस्दै आएका बेलायतका राजकुमार ह्यारी प्रभातकिरण माध्यामिक बिद्यालयका शिक्षक एवं बिद्यार्थीसंग सोमबार सामुहिक फोटो खिचाउँदै ।
विगत चार दिनदेखि बिद्यालय भवन पुनर्निर्माणमा सघाउन गोरखाको लापुवेशीमा बस्दै आएका बेलायतका राजकुमार ह्यारी प्रभातकिरण माध्यामिक बिद्यालयका शिक्षक एवं बिद्यार्थीसंग सोमबार सामुहिक फोटो खिचाउँदै ।

काठमाडौं, १६ चैत । बेलायतका राजकुमार ह्यारी सोमबार दिउँसो दुई बजेतिर लापुबेसीको प्रभातकिरण माविका विद्यार्थीसँग भेटघाट कार्यक्रममा सरिक हुन जाँदै थिए ।

‘२० मिनेटसम्म हुरी चल्यो । कक्षा कोठाको जस्ता सबै ह्यारीकै आँखा अगाडि उडायो । यो देखेर उनी डराएका पनि थिए’, प्रअ गुरुङले भने । त्यतिबेला कक्षा आठका विद्यार्थीहरु जिल्लास्तरीय परीक्षा दिइरहेका थिए । ‘छानो उडाएपछि जाँच दिइरहेका विद्यार्थीहरु भागाभाग भयो’ प्रअ गुरुङले भने ‘नैतिक बिषयका जाँच दिइसकेर स्थानीय बिषयको जाँच दिन थालेका थिए । जाँचै अधकल्चो भयो ।’

उनी विद्यालयमा मात्र पुगेका थिए, एक्कासी हावाहुरी चल्न थाल्यो ।‘ ठूलै हावाहुरी चल्यो । उनी हत्तपत्त विद्यालयको अफिस कोठाभित्र छिरे’ प्रधानाध्यापक जीव गुरुङले भन, ‘हामी शिक्षक स्टाफहरु नाल, थाम, बलो समातेर बसेका थियौं । उनी पनि त्यसै गर्न थाले ।’ २० मिनेट जोडदार हावाहुरी चलेको उनले बताए ।

‘२० मिनेटसम्म हुरी चल्यो । कक्षा कोठाको जस्ता सबै ह्यारीकै आँखा अगाडि उडायो । यो देखेर उनी डराएका पनि थिए’, प्रअ गुरुङले भने । त्यतिबेला कक्षा आठका विद्यार्थीहरु जिल्लास्तरीय परीक्षा दिइरहेका थिए । ‘छानो उडाएपछि जाँच दिइरहेका विद्यार्थीहरु भागाभाग भयो’ प्रअ गुरुङले भने ‘नैतिक बिषयका जाँच दिइसकेर स्थानीय बिषयको जाँच दिन थालेका थिए । जाँचै अधकल्चो भयो ।’ स्थानीय बिषयको परीक्षा भएकाले विद्यालयले नै निर्णय गरेर अर्को परीक्षा लिने उनले बताए ।

हावाहुरी थामिएपछि ह्यारीले शिक्षक विद्यार्थीहरुसँग सामुहिक तस्वीर खिचाएका थिए । प्रकोप आइरहने भएकाले पक्की विद्यालय भवन चाँडो बनाउन सुझाव दिएका थिए ।

हावाहुरी थामिएपछि ह्यारीले शिक्षक विद्यार्थीहरुसँग सामुहिक तस्वीर खिचाएका थिए । प्रकोप आइरहने भएकाले पक्की विद्यालय भवन चाँडो बनाउन सुझाव दिएका थिए । ‘आज शिक्षक, विद्यार्थीसँग भेटघाट गर्ने कुराकानी गर्ने कार्यक्रम थियो’ प्रअ गुरुङले भने, ‘मैले हिजो नै सबै विद्यार्थीहरुलाई परीक्षा दिइसकेपछि ह्यारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराएको थिएँ । तर मौसमले साथ नदिँदा लामो कार्यक्रम हुन सकेन ।’

भेटघाटमा ह्यारीले विद्यार्थीहरुको समस्याको बारेमा जानकारी लिएका थिए । खाने, बस्ने, विद्यालय आउने समस्याको बारेमा सोधेका उनले बताए । विद्यार्थीसँग भेटघाट कार्यक्रम तय भएकाले सोमबार ह्यारी विद्यालय भवन निर्माणको काममा सहभागी भएका थिएनन् । उनी मंगलबार फर्कन सक्ने प्रअ गुरुङले जनाए ।

हावाहुरीले सो विद्यालयको छात्रबासको त्रिपाल पनि उडाएको छ । छात्रबास उडाएपछि त्यहाँ बस्ने ४० जना विद्यार्थीको बिचल्ली भएको ब्यबस्थापन समितिका सदस्य सोम गुरुङले टेलिफोनमा जानकारी दिए । अन्नपूर्ण पोष्टमा समाचार छ ।