सोलुखुम्बु, १४ साउन । सोलुखुम्बुको केरुङ–९ च्याङसारका एक व्यक्तिको नचिनेको च्याउ खाँदा मृत्यु भएको छ ।
स्थानीय जंगलमा भेटिएको च्याउ खाँदा नाङसेरे शेर्पाको मृत्यु भएको हो । शेर्पाकी श्रीमति ल्हामुका अनुसार उनीहरु तिल्पुङ जंगलमा च्याउ खोज्न गएको र त्यहाँ भेटेको च्याउ खाँदा केही समयमै उनका श्रीमान विरामी भएका हुन् ।
्
बिरामी परेपछि स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएका शेर्पाका राम्रो उपचार नभएका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया