लेगोस, नाइजेरिया । गैर आवाशीय नेपाली संघ नाइजेरियाद्वारा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा आयोजित नेपाली सांस्कृतिक साँझमा चर्चित गायिका कोमल ओलीली आफ्ना गीतहरु प्रस्तुत गरेकी छिन ।
झन्डै ६ घण्टा चलेको सांस्कृतिक कार्यक्रममा गायिका ओलीले आफ्ना गीतहरु प्रस्तुत गर्नुका साथि सहभागी स्थानीय नेपाली दर्शकलाई लगातार नचाइन् ।
उनले पन्छीमा डाँफे राम्रो , फूलमा लालिगुराँस, हामीलाई लाग्छ राम्रो नेपाली धर्ती आकाश भन्ने गीतबाट आफ्नो प्रस्तुति आरम्भ गरेकी थिइन । गायिका ओलीले आफ्ना पोइल जान पाम, ठूली भै छोरीदेखि मौका मिले चौका हनिन्छ लगायत दर्जनभन्दा गीतहरु प्रस्तुत गरेकी थिइन ।
ओलीका अतिरिक्त कार्यक्रममा स्थानीय नाइजेरियन कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । स्थानीय नेपालीहरु अन्जु पौड्याल, संजीव क्षत्री, दीपक कर्ण , चिरन्जिबी रोका, बिबेक पुडासैनी र बालकलाकार सुहिम थापाले समेत आफ्ना गीत संगीत हरु प्रस्तुत गरेका थिए ।
एनआरएनएका कोषाध्यक्ष हिक्मत थापाले अफ्रिकामा स्थापित नेपाली कलाकारको उपस्थितिमा भएको यो कार्क्रमम आफै एतिहासिक रहेको र यसले यस महादेशमा नेपाली संगीत, कला र भाषाको प्रबद्धन प्रारम्भ गरेको बताउनुभयो ।
















प्रतिक्रिया