८ कार्तिक २०८३, आइतबार

विश्वज्योतिको पैसाले महानगरमा हंगामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishwojyoti Film Hallकाठमाडौं, १६ चैत । भवन संहिताविपरीत निर्माण गरिएका विश्वज्योति सिनेमा हल र एक बैंकले काठमाडौं महानगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् ।

विश्वज्योति सिनेमा हल र बैंकलाई भवन निर्माण प्रमाणपत्र दिने क्रममा ठूलै आर्थिक लेनदेन भएको महानगरिपालिका एक उच्च अधिकारीले बताएको समाचार दृष्टि साप्ताहिकले छापेको छ ।

ती अधिकारीका अनुसार २ वर्षअघिको मिति राखी केही दिनअघि विश्वज्योति र बैंकले भवन निर्माण प्रमाणपत्र लिएका हुन् ।

महानगरपालिकाका कार्यकारी अधिकृति रुद्रसिंह तामाङले ठूलो रकम घुस खाएर ब्याकडेटमा निर्माण सम्पन्न प्रमाणपत्र दिएको आरोप छ ।
महानगरपालिकामा अभिलेख समेत नराखी भवन निर्माण सम्पन्न प्रमाणपत्र दिइएको छ ।

भूकम्पपछि भवन निर्माण संहिता पालना गराउनुपर्ने महानगरपालिकाका कार्यकारी अधिकृत तामाङ आर्थिक लेनदेन गरी नक्सा शाखा प्रमुख अर्चना शाक्यलाई समेत थाहा नदिइ निर्माण सम्पन्न दिएको खुलासा भएको छ ।