काठमाडौं, १६ चैत । हुलाकी सडक बनाइदिने आश देखाएर एक वर्षअघि पन्छिएको भारतले अहिले कबोल गरेको अनुदान रकमसमेत दिन आनाकानी गरेको छ ।
डेढ दशकसम्म झुलाएर नेपालतिर पन्छाएको काम नै रोक्ने मनसाय राखी भारतले रकम दिन आनाकानी गरेको समाचार नागरिक दैनिकले छापेको छ ।
निर्माण गरिदिने सम्झौता हुँदा आठ अर्ब रुपैयाँ (भारु ५ अर्ब) लागत अनुमान गरिएको लागत अहिले बढेर करिब १३ अर्ब रुपैयाँ पुगेको छ ।
निर्माणबाट गत वर्ष चैतमै भारतले हात झिकेपछि सरकारले नयाँ ठेक्का प्रक्रिया सुरु गरेको थियो ।
तर ठेक्का सम्झौता हुनै लाग्दा सकड बन्न नदिने गरी नयाँ शर्त तेर्छाएर रकम नदिने व्यवहार देखाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
उपप्रधान तथा भौतिक योजना मन्त्री विजय कुमार गच्छदारले समेत भारतबाट अनुदान रकम नआउँदा ठेक्कामा जान समस्या भएको बताए ।
भारतले हात झिकेपछि सडक विभागले पहिलो चरणमा सक्ने लक्ष्य राखिएका १९ मध्ये १२ सडकको ठेक्का प्रक्रिया सुरु गरेको थियो ।















प्रतिक्रिया