काठमाडौं, १६ चैत ।प्रधानमन्त्री केपी ओली चीनबाट फर्किपछि र मधेसवादी दलहरुले पुनः आन्दोलन चर्काउने भन्न थालेपछि हल्लैहल्लामा फेरि एकपटक पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास अभाव हुन थालेको छ ।
ग्यासको अभाव केही दिन अघिदेखि नै जारी रहेकोमा राजधानीका अधिकांश पेट्रोल पम्पहरुले सोमबार पेट्रोल छैन भन्ने बेहोराका सूचना टाँसेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
झन्डै चार महिनासम्म चरम इन्धन अभाव भोगेका सर्वसाधारण जनता पछिल्ला घटनाक्रमले पुनः एकपटक त्रासमा परेको पाइएको छ ।
यो अवस्थाले गर्दा उनीहरु जसरी हुन्छ इन्धनको जोहो गर्ने ध्याउन्नमा लागेका छन् ।
नाकाबन्दी खुले पनि कुल मागको ७० प्रतिशत इन्धनमात्र भारतीय आयल निगमले नेपाल आयल निगमलाई उपलब्ध गराइरहेको समयमा नाकाबन्खदीको हल्लाले तीन दिनयता थप तेल अभाव भएको छ ।















प्रतिक्रिया