१ कार्तिक २०८३, शनिबार

पाकिस्तानी प्रधानमन्त्री शरिफको बेलायत भ्रमण रद्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nawaz-Sarifइस्लामाबाद, १५ चैत । पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले आफ्नो सोमबारका लागि तय गरिएको बेलायत भ्रमण लाहोरमा इस्टर मनाउन जम्मा भएका क्रिश्चियन धर्मावलम्बीमाथि आइतबार भएको विनाशकारी बम आक्रमणपछि रद्द गर्नुभएको छ ।

लाहोरमा इस्टर मनाउन क्रिश्चियन पर्व मनाउन एक पार्कमा जम्मा भएका महिला तथा बालबालिकालाई लक्षित गरी आइतबार गराइएको उक्त हमलामा ७० जनाको मृत्यु हुनाका साथै सयौँ अरू घाइते भएका थिए ।

प्रधानमन्त्री सोमबार बेलायत जाने कार्यक्रम भए पनि आइतबार साँझ लाहोरमा भएको घटनापछि देशको सुरक्षास्थितिलाई मध्यनजर गर्दै रद्द भएको प्रधानमन्त्रीको सचिवालयका प्रवक्ताले जनाएका छन् ।

प्रधानमन्त्री संयुक्त राज्य अमेरिकामा हुने आणविका सुरक्षा सम्मेलन २०१६ मा सहभागी हुन जाने क्रममा बेलायत पुगी त्यहाँका प्रधानमन्त्री डेभिड क्यामरोनलाई भेट्ने कार्यक्रम थियो ।

लाहोरमा भएको यु दुःखदायी घटनापछि उहाँ अब सम्मेलनमा सहभागी हुन एक दुई दिनपछि सिधै अमेरिका जानु हुने प्रवक्ताले बताए । रासस/पीटीआई