बैतडी, १५ चैत । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका श्रीमान भेट्न कारागार पुगेकी एक महिला लागु औषध चरेसहित पक्राउ परेकी छिन् ।
जिल्ला कारागारमा बैतडीमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका श्रीमान भवानीदत्त पाण्डेलाई भेट्न पुगेकी पटान नगरपालिका–४ की पार्वती पाण्डे ११.५ ग्राम लागुऔषध चरेससहित आज पक्राउ परेको प्रहरी निरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभयो ।
कारागार प्रवेशका क्रममा चेक गर्दा उनको साथबाट उक्त परिणामको चरेस फेला पारिएको हो । उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । रासस












प्रतिक्रिया