१६ कार्तिक २०८३, सोमबार

प्रधानसेनापति क्षेत्रीलाई चीनमा भव्य स्वागत, चिनियाँ सेना प्रमुखसँग भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-chettri-army (2)

काठमाडौं, १५ चैत । प्रधानसेनापति राजेन्द्र क्षेत्री र चिनियाँ जनमुक्ति सेनाका प्रमुख फाङ फेनगुइबीच बेइजिङमा भेटवार्ता भएको छ ।

प्रधानसेनापति क्षेत्री साताव्यापी भ्रमणका क्रममा आइतबार साँझ बेइजिङ पुगेका थिए । क्षेत्रीले सोमबार बेइजिङमा चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष फेनगुईसँग भेटवार्ता गरेका हुन् ।

दुई देशका सेना प्रमुखबीच आपसी हित तथा सैन्य सम्वन्धबारे छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त अवसरमा प्रधानसेनापति क्षेत्रीको स्वागतमा चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।