३० आश्विन २०८३, शुक्रबार

सुनसरी श्रृजनशिल बचत समुह कतारको प्रथम बार्षिक भेला सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Quater-sahakari

– नवराज विक
दोहा । श्रृजसरी श्रृजनशिल बचत तथा ऋण समुह कतारले यसै साता दोहामा बृहत बार्षिक भेला सम्पन्न गरेको छ ।

समुहका संयोजक सन्तोष श्रेष्ठ अध्यक्षता मा आयोजित भेलामा सुनसरी श्रृजनशिल परिवार कतार का अध्यक्ष नरेश श्रेष्ठ ज्युको प्रमुख आतिथ्यता रहेको थियो ।

विशेष अतिथीहरु मा एनआरएनएआइसीसी का गल्फ सह–संयोजक उमेश अधिकारी बचत समुहका ब्यवस्थापक विनोद कट्टुवाल धराने आउट अफ धरान अध्यक्ष काजीमान राई सचिब बिक्रम श्रेष्ठ महेन्द्र नगर सुनसरी सेवा समाज अध्यक्ष नारायण सुबेदी सुनसरी श्रृजनशिल का संस्थापक बाबुराम दाहाल बचत समुह सञ्चालक समितीका कोषाध्यक्ष अरुण के.सी सदस्यहरु प्रदिप राई राम सागर मेहता सोम बहादुर राई लगायत को उपस्थिती रहेको थियो ।

प्रमुख अतिथी श्रेष्ठ ले ब्यानर को अनावरण गर्दै दिप प्रज्वलन बाट औपचारिक कार्यक्रम को शुरुवात गर्नुभएको थियो भने अधिकतम शेयर सदस्य महेश धामी ले केक काटेर शुभारम्भ गर्नुभएको थियो ।

बचत समुह का सदस्य सुवास श्रेष्ठ द्धारा सञ्चालित कार्यक्रम मा उपस्थित अतिथी तथा शेयर सदस्यहरु लाई राम सागर मेहता ले स्वागत मन्तब्य राखेका थिए ।

औपचारिक कार्यक्रम को शुवात सगै ब्यवस्थापक विनोद कट्टुवाल हात बाट उत्कृष्ट बचत कर्ताहरु रोजिना श्रेष्ठ राजु भट्टराई बरुण के.सी तथा असल ऋणी हरु दुर्गा प्रशाद राई दुर्गा प्रशाद खत्री महेश धामी लाई कदर पत्र द्धारा सम्मान गरिएको थियो । साथै शेयर प्रमाण पत्र बचतबुक पासबुक बचतको ब्याज र शेयर लाभान्स सम्पुर्ण शेयर सदस्यहरु लाई प्रदान गरियो ।

कार्यक्रम मा लेखा समतिका संयोजक नरेश श्रेष्ठ द्धारा लेखा प्रतिबेदन प्रस्तुत गर्दै सर्बसहमत द्धारा पारित गरिएको थियो । बचत कोष को भाबी योजना को स्वरुप बारे संयोजक सन्तोष श्रेष्ठ तथा ब्यवस्थापक विनोद कट्टुवाल ले प्रकाश पार्नुभएको थियो ।

प्रवासको ठाउमा दुख ले कमाएको धन लाई बचत गर्ने बानि को विकाश ले भोलिको भविष्य उज्जल बनाउन सकिने भन्दै सुनसरीबासी सबै लाई समेटेर अगामी दिनमा अझ प्रभावकारी बनाउदै अगाडि बढाउदै लैजाने प्रतिबद्धता सहित बचत समुह मा सहभागी सबै लाई सयोजक सन्तोष श्रेष्ठ ले धन्यबाद ब्यक्त गर्नुभयो ।