– अनिल खत्री
गुल्मी, १५ चैत । जिल्ला शिक्षा कार्यालय गुल्मीले चैत्र १८ गतेबाट सुरु हुन लागेको एसएलसी परीक्षा २०७२ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी परिक्षाको सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानकारी दिनुभयो । यसवर्ष गुल्मीबाट कुल ६ हजार ५ सय १ बिद्यार्थीले परिक्षा दिने भएका छन् । कुल बिद्यार्थी मध्ये नियमित तर्फ ४ हजार ८ सय ६ जना बिद्यार्थी ससहभागी हुने भएका छन् । जस मध्ये छात्रा तर्फ २ हजार ४ सय ९४ जना छन् भने छात्र तर्फ २ हजार ३ सय १२ जना बिद्यार्थी रहेका छन् ।
एगजाम्टेड तर्फ १ हजार ६ सय ४५ जना बिद्यार्थी सहभागी हुने भएका छन् । जस मध्ये छात्रा तर्फ १ हजार १ सय ४६ जना, छात्र तर्फ ४ सय ९९ जना बिद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालय गुल्मीका शाखा अधिकृत हरिप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । यस वर्ष गुल्मीबाट प्राबिधिक तर्फ ५० जान बिद्यार्थी सहभागि हुने भएका छन् ।
जिल्लाबाट यसवर्ष ९२ बिद्यार्थीले परिक्षा दिन नपाउने भएका छन् । जसमध्ये छात्रा ६० जना र छात्र ३२ जना रहेका छन् । गुल्मीमा ३० वटा परिक्षा केन्द्रबाट परिक्षा हुँदै आएको छ ।
परिक्षाको सबै तयारी पुरा भएको सबै केन्द्रमा प्रश्न पत्र उत्तर पुस्तीका पुगि सकेको र परिक्षा लाइ मर्यादित रुपमा सम्पन्न गर्न सहयोगको लागी गुल्मीका सम्पुर्ण सरोकारवाला निकायलाई जिल्ला शिक्षा कार्यालय गुल्मीले अनुरोध समेत गरेको छ ।













प्रतिक्रिया