१६ कार्तिक २०८३, सोमबार

पाँच सय ज्योतिष भेला भएर के गर्दैछन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jyotisइटहरी, १५ चैत । नेपाल ज्योतिष परिषद्को १४ औँ राष्ट्रिय सम्मेलन सुनसरीको इटहरीमा आजबाट सुरु भएको छ ।

सम्मेलनको उद्घाटन कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले ज्योतिष शास्त्रले मानव जीवनका विषयमा शास्त्रीय प्रमाण जुटाएर प्रतिफलमुखी निचोड समेत दिने बताउनुभयो । उहाँले नेपाल ज्योतिष परिषद्लाई शास्त्रीय प्रमाण जुटाउने केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ५०० बढी ज्योतिषको सहभागिता रहेको दक्षिण एशियाली ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले जानकारी दिनुभयो । सोही अवसरमा एक दर्जनबढी ज्योतिषलाई सम्मान गरिएको थियो । रासस