काठमाडौं, १५ चैत । राजधानीमा जुवातास खेलाउने एक महिलासहित ९ जनालाई प्रहरीले रंगेहात समातेको छ ।
काठमाडौं महानगरपालिका-१६ कालधारा डेरा गरी बस्ने सिन्धुपाल्चोककी २६ वर्षीया मिश्री लामाको होटलमा तास खेलाइरहेको अवस्थामा लामा समेत ९ जनालाई नगद १५ हजार ३ सय रुपैयाँ र ३ बुक ताससहित आइतबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया