१ कार्तिक २०८३, शनिबार

अफगानिस्तानको संसद भवनमा तीन वटा रकेट प्रहार, ठूलो क्षतिको आसङ्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kabul-attack-on-parliament-final
रकेट आक्रमणबाट उडेको धुवाँ । तस्वीर: एजेन्सी

काबुल, १५ चैत । अफगानिस्ताको राजधानी काबुलमा अवस्थित राष्ट्रिय संसद भवनलाई नै लक्ष्यगरी रकेट हमला गरिएको समाचार छ ।

प्रत्यक्षदर्शीहरुले सो आक्रमणमा परी जनधनको ठूलो क्षति भएको हुनसक्ने अनुमान गरेका छन् । प्राप्त समाचारमा भवनलाई नै लक्ष्य गरेर तीनवटा रकेट आक्रमण भएको देखिएको बताइएको छ ।

तीन वटा रकेट आक्रमण भएका थिए र एउटा संसद भवनभित्रै परेको टाढैबाट देखिएको छ– प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
प्रत्यक्षदर्शीले सोमबार बिहान स्थानीय समयअनुसार सवा दश बजेतिर तीनवटा रकेट संसद भवनको परिसरभित्रै पर्नेगरी खसेका देखिएको जनाएका छन् ।

यहाँका एकजना स्थानीय मोहमद सफाले भनेका छन्– संसद भवनमै पर्नेगरी फालिएका ती रकेटका कारण भवन वरिपरि धुवाँ उडेको देखिएको र ठूलो आवाज पनि आएको थियो ।

अफगान सुरक्षा स्रोतले प्रारम्भिक अनुसन्धानबाट हाल केही नदेखिएको जनाएको छ । प्ररम्भिक अनुसन्धानबाट कसैको पनि हताहतिको समाचार भने नआएको पाइएको समाचारमा उल्लेख गरिएको छ ।

तर रकेट हमलाका कारण निकै नै ठूलो क्षति भएको अनुमान सर्वत्र गरिएको छ । ती रकेट खसेपछि आएको आवाज र आकासमा धुवाँ उडेको अवस्थाबाट पनि क्षतिको अनुमान प्रहरीले गरेको छ ।

अफगान प्रहरी र सेनाको संयुक्त सुरक्षा दल घटनास्थलमा पुगिसकेको जनाइएको छ । घटनास्थलबाट प्रहरीले कैयौं सूचना सङ्कन गरिरहेको र केही समयपछि पूर्ण विवरण प्राप्त हुने अनुमान गरिएको छ ।

यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर पनि अफगानिस्तानमा भएका यस्ता हिंसात्मक घटनामा यहाँका तालिवानहरुकै हात रहने गरेकोले यसमा पनि उनीहरुको सम्लग्नताको अनुमान अफगान सुरक्षा निकायले गरेको छ ।

भारतको सहयोमा निर्माण, मोदीले गरेका थिए उदघाटन

यो भवन भारतको सहयोगमा बनेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बरमा भवन उदघाटन गर्नुभएको थियो । भवन उदघाटन गर्दै मोदीले भारत र अफगानिस्तानको मित्रता तोडाउने प्रयास भइरहेको भन्दै विकासका लागि आतंकवाद अन्त्य हुनुपर्ने बताउनुभएको थियो । रासस/एपी