२९ आश्विन २०८३, बिहिबार

दुर्गमको रासन सुगममै थन्कियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chamal-Godamगोरखा, १४ साउन । गोरखाको दुर्गम सात गाविसमा गएको असारभित्र पुगिसक्नु पर्ने रासन सदरमुकाममै थन्किएको छ। नेपाल खाद्य संस्थान जिल्ला शाखा गोरखाले आठ सय क्विन्टल चामल गन्तव्यमा पुर्याकउन नसकेको हो।
ढुवानीको जिम्मा पाएको नविन–गणेश निर्माण सेवाले सिर्दिबास डिपो पुर्या उनुपर्ने तीन हजार क्विन्टल खाद्यान्नमध्ये आठ सय क्विन्टल नपुगेपछि दुर्गमका स्थानीयले थोरैमात्र चामल पाएका छन्।

सिर्दिबासका रामकुमार गुरुङले भने, ‘वर्षेनी पाउनुपर्ने जति चामल पाइँदैन, खेती लाग्ने भए पनि एउटा कुरा।’ सरकारले दिएको अनुदानको चामल दुर्गमका सर्वसाधारणले नपाएको उनले गुनासो गरे।

यस वर्ष जिल्लाबाटै थोरै आएकाले मागअनुसार वितरण गर्न नसकिएको खाद्य डिपोका कर्मचारीले बताउने गरेको उनको भनाइ छ।

उत्तरी गोरखाको सिर्दिवास, चुम्चेत, ल्हो, बिही, प्रोक, सामागाउँ, छेकम्पारलगायत गाविसका लागि सरकारले गत वर्ष तीन हजार क्विन्टल चामल ढुवानी गर्ने योजना बनाएको समाचार आजको नागरिक दैनिकले छापेको छ । वर्षको अन्त्यसम्म २२ सय क्विन्टलमात्रै ढुवानी भएको छ।

ठेकेदारलाई खाद्य संस्थानले कारबाही नगर्दा वर्षेनी दुर्गममा खाद्यान्न नपुगेको स्थानीय बताउँछन्।