१६ कार्तिक २०८३, सोमबार

आर्यघाट पुन: सञ्चालनमा आउने भएपछि स्थानियवासी हर्षित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ghat
फाइल तस्वीर

– राजकुमार ओली
झापा, १४ चैत । झापाको मेचीनगर १ निन्दा नदीमा अवस्थित बन्दै गएको आर्यघाट पुनः सञ्चालनमा आउने भएपछि स्थानियवासी हर्षित भएका छन् ।

दुर्गन्धित भएको भन्दै स्थानीयबाट भत्काइएको आर्यघाट पुनः सञ्चालनमा ल्याउने निर्णयको मेचीनगरका जनताले स्वागत गरेका हुन् । झापाको मेचीनगर १स्थित धुलावारीमा रहेको निन्दा खोला तटमा बन्दप्राय रहेको आर्यघाट पुन व्यवस्थित बनाउन दिर्घकालिन योजना सहित काम शूरु गरिएको हो ।

२०६६ सालमा शिलान्यास गरि सवा २करोड रुपैयाँ लगानी गरि निर्माण सम्पन्न गरिएको रामघाट सेवा समिति २०६८ सालबाट सञ्चालनमा आएको थियो । तर सञ्चालन भएसँगै स्थानियहरुल्ो दुर्गन्ध फैलिएको र मुत्यु भएका मानिसका हाडछाला बस्तीमा कुकुर र कागले बस्तीसम्म पुराएको भन्दै आर्यघाट भत्काएका थिए ।

भत्काएको आर्यघाट घेराबारा गर्दै पुन सञ्चालन गरिएको समितिका अध्यक्ष ललित कुमार बोहराले बताए । आर्यघाटलाइ पुन व्यवस्थित बनाउन बाताबरणमैत्री समेत बनाउने दिर्घकालिन योजना समेत राखिएको बोहराको भनाई छ ।