– जीवन डाँगी
रोल्पा, १४ चैत । यसवर्षको एसएलसी परीक्षाका लागी रोल्पामा तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालय रोल्पाले जनाएको छ ।
परीक्षाका लागि १५ स्थानमा परीक्षा केन्द्र तय गरिएको र सो केन्द्रका लागी केन्द्रअध्यक्षहरु समेत खटाई सकेको जिल्ला शिक्षा कार्यालय रोल्पाले बताएको छ । जिल्ला भरीका ४ हजार १ सय ४३ विद्यार्थीहरु यस बर्ष परीक्षामा सहभागी हुने जिल्ला शिक्षा अधिकारी चिरञ्जीबी पौडेलले जानकारी दिनुभयो ।
सबै भन्दा बढि कृष्ण माबि घर्तिगाँउ केन्द्रमा ४१८ र सबै भन्दा कम सुर्योदय माबि मिझिङ केन्द्रमा २०१ जना बिद्यार्थीहरु रहेको पौडेलले बताउनुभयो ।
साथै यस बर्ष छात्रा बिद्याथीहरुका लागि सेनेटरी प्याडको पनि ब्यबस्था गरिएकोे छ । परिक्षालाई मर्यादीत बनाउन भन्दै प्रत्येक दिन प्रत्येक केन्द्रमा अनुगमन टोली खटाउने निर्णय समेत भईसकेको छ ।
यही चैत १८ गते देखि सुरु हुने एस्एलसी परीक्षालाई निकै मर्यादिद र शान्त रुपले सञ्चालन गर्न समेत जिल्ला शिक्षा कार्यालय रोल्पाले आग्रह गरेको छ ।













प्रतिक्रिया