– विजय थापा
बाल्टिमोर । अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा वर्ल्ड नेवा अर्गनाइजेसनको दोश्रो अधिवेसनको समुद्घाटन कार्यक्रम झाकी प्रदर्शनको सुरुवात सहित भव्यताको साथ सम्पन्न भएको छ ।
समुद्घाटन कार्यक्रममा नेपाली, अंग्रेजी तथा नेवा समुदायको राष्ट्रिय गीत बजाईएको थियो । कलाकार यज्ञमान शाक्य तथा लोचनी तारा शाक्यले गणेश बन्धना तथा बासव राजोपाध्यायले स्वस्ति वाचनका साथै नेपालमा भूकम्पमा जीवन गुमाएकाहरुको लागि आत्माको शान्तिको कामना गर्नु भयो ।
अधिवेसनको समुद्घाटन प्रमुख अतिथि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीले गर्नुभएको थियो ।
राजदूत डा.कार्कीले नेपाल सरकार तथा राजदूताबासको तर्फबाट सफलताको शुभकामना दिदै नेवा समुदायले संस्कृति, कला तथा भाषामा गरेको योगदानको सराहना गर्नु भयो ।
नेपालबाट आउनु भएका संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राप्रापा नेपालका प्रवक्ता राजाराम श्रेष्ठ, म्यारिल्याण्ड राज्यका सिनेटर,डा ज्योति तुलाधर ,गोरखापत्रका प्रधान सम्पादक पुस्करभक्त माथेमा, म्यारील्याण्ड तथा पेनसेलभेनियाका लागि महा बाणिज्य दूत प्रेमराजा महतले शुभकामनाका साथै मन्तब्य राख्नु भएको थियो ।
वर्ल्ड नेवा अर्गनाइजेसन अध्यक्ष डा बालगोपाल श्रेष्ठले संस्थाका बारेमा जानकारी दिदै नेवा समुदायका बारेमा केहि कुरा राख्नु भएको थियो ।
नेपाल आदिबासी जनजाती संघका अध्यक्षले लुइसाङ्ग वाइबाले शुभकामना सहित मन्तब्य राख्दै आफूले नेपालको पहिचानलाई सम्बोधन गरेको बताउनु भयो ।















प्रतिक्रिया