८ कार्तिक २०८३, आइतबार

यसकारण दियो एमाओवादीले सरकार छाड्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoकाठमाडौं, १४ चैत । सत्तारुढ एमाओवादीले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति तीव्र असन्तुष्टि प्रकट गर्दै सवै भूकम्पपीडितले आगामी वर्षायाम अगाडि घर बनिसक्ने वातावरण नबने सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

एमाओवादीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता दीनानाथ शर्माले सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पनर्निर्माण कार्य अघि बढाउन आलटाल गरिरहेको आरोप लगाए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘भूकम्प पीडितले वर्षायाममा पनि टहरामै बस्न बाध्य हुनु पर्ने अवस्था रहिरहे हाम्रो पार्टीले सरकारका बारेमा पुर्नविचार गर्छ, उनले भने, ‘भरुकम्पपीडितलाई घर बनाउनका लागि राहत रकम पनि नदिने, मापदण्ड पनि नतोकिदिने सरकारी रवैयालाई एमाओवादीले गम्भीरतापूर्वक लिएको छ । जनस्तरबाट नै सरकारको कार्यक्षमतामाथि प्रश्न उठिसकेको अवस्थामा एमाओवादी सरकारको काँध थापिरहने पक्षमा छैन ।’