१७ कार्तिक २०८३, मंगलबार

‘अधिकार खोज्न जङ्गल जानु पर्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sakti-bashnet

दाङ, १३ चैत । गृहमन्त्री शक्तिबहादुर बस्नेतले अधिकार प्राप्तिका लागि अब जङ्गल जानु नपर्ने बताउनुभएको छ ।

खप्तडी बस्नेत वंशावली दाङले विजौरीको हेमन्तपुरमा निर्माण भएको खप्तडी बस्नेत सभाहलको उद्घाटन गर्दै उहाँले समाजको आवश्यकता र चाहनालाई संविधानले समेटेको दावी गर्नुभयो ।

संविधानको प्रभावकारी कार्यान्वयनमा आउन असन्तुष्ट दललाई आग्रह गर्दै गृहमन्त्री बस्नेतले संविधानमा उल्लेखित विषय कार्यान्वयनमा आए समाजको मुहार बदलिने धारणा राख्नुभयो ।

उहाँले विगत, वर्तमान र भविष्यको तादम्यतालाई मिलाउँदै विकासलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । रासस